मङपुमा मोर्चा ग्रुप - बी ले शुरु गरे गोर्खाल्याण्डको आन्दोलन

GJMM mungpoo holds rally for Gorkhaland
छुट्टै  राज्य गोर्खाल्यान्डको  आन्दोलनमा मोर्चाका शिर्ष  नेतृत्ववर्गलाई विभिन्न  मुद्धा हाली सरकारले पक्राउ गर्ने षड्यन्त्र गरेपछि साथै कतिलाई राष्ट्रिय राजमार्गमा पथअवरोधको मुद्धा हालेर वारेन्ट जारी गरे पछि मोर्चाका ग्रुप बी.का नेतृत्वहरु सडकमा उत्रिन शुरु गरे | आज अनिश्चितकालिन  बन्दको तेस्रो दिन मोर्चा मङपु जोनको नेतृत्वमा एक बिराट जुलुस निकाले, हजारौं संख्यामा भेला भएका मोर्चा समर्थकहरुले वी.वान्ट. गोर्खाल्याण्डको नारा लगाउदै रेसेप बजार परिक्रम गरे | उक्त जुलुस नालीडाड़ामा आइपुगे पछि पथ सभामा परिणत भयो | मोर्चा मङपु जोन सदश्य कपिल लोहारले संचालन गरेको सभालाई सम्बोधन गर्दै युवा मोर्चा कार्यकर्ता निर्मल छेत्रीले अहिले पनि राज्य सरकारले हाम्रो आन्दोलनलाई दबाउन ८६ सालको जस्तै सी.आर.पी.लगाएर यहाँको जनतालाई डर देखाउन खोज्दैछ भन्दै अब कोही पनि जनता सी.आर.पी. सित डराउनु हुदैन भनि जनाए | गरीब श्रमिक कर्मचारी मात्र होइन अबको आन्दोलनमा ठेकादारहरु पनि सडकमा उत्रिने अपिल गरे | अहिलेको बन्दमा युवा अनि नारी मोर्चाका कार्यकर्ताहरुलाई पिकेटिङ  गर्न सडकमा उत्रिन जरुरी रहेको बताए | बन्द अवधिमा पनि मङपुमा गाडीको - गाडी मादकपदार्थ भित्रिरहेकोले पार्टीकार्यकर्ताहरुले यसलाई रोकथाम गर्न जरुरी रहेको बताए | हाम्रो जनताले यतिखेर सरकारले बाडेको कुहेको रासिन थापेर गोर्खाल्याण्ड मुद्दा बेच्नु हुदैने भनि थप जनाए | मोर्चा मङपु जोन पार्टी कार्यकर्ता सिठु मोक्तानले सम्बोधन गर्दै जब सम्म गोर्खाल्याण्ड आन्दोलन सिद्ध हुदैन तब सम्म हाम्रो आन्दोलन जारी रहनेछ भन्दै  गोर्खाहरुले देशलाई दिएको योगदानको इतिहास र भारतको संविधानको मुताबिक हामीले छुट्टै राज्य गोर्खाल्याण्ड मागेका छौ यदी ममता र गौतमलाई  इतिहास र भूगोल थाहा छैन भने उनीहरु पनि बंगलादेशबाट छिरेको हुन् सक्ने आरोप लगाए | उनले गत १३ अगष्टको दिन मङपुको मालवाहक वाहनहरु सिलगढीमा राशन लिन  जादा मङपु आउट  पोष्टबाट पुलिसले  वाहन रित्तै फर्काएको बताउदै  राज्य सरकारको दमन नीतिमाथि प्रश्न उठाए | उनले १९४७ साल भारत स्वतन्त्र हुदा पनि गोर्खा दाजुभाइ दिदीबहिनीले देशको निम्ति ठुलो योगदान दिएको बताउदै त्यसताक देशको निम्ति योगदान दिने गोर्खाहरुको नाम पनि उनले पढेर सुनाए | सभामा मोर्चा रम्बी-बीचकमान शाखा सचिव सुजित तामाङले अनि  रेसेप शाखा सचिव अनिल छेत्री आदिले  बंगालसरकारले बिभिन्न षड्यन्त्र रचेर गोर्खाल्याण्डको आन्दोलनलाई दबाउने कोशिष गरेकोमा  घोर प्रतिबाद जनाउदै सी.आर.पी.को डरले कोही पनि बिचलित र भयभित  नहुने सुझाव राखे | यसरी आजको जुलुस अनि पथसभामा समग्र सिन्कोना श्रमिक कर्मचारी उपस्थित रहेकोमा डा.ता.डु.प्ला.ले यु  सिन्कोना जोन सचिव गगन राईले सबैलाई आभार व्यक्त गरेका छन | अन्त्यमा मोर्चा मङपु जोन उपध्याक्ष अनि सभाअध्यक्ष जी.बी.राईले पनि दुई शब्द राख्दै सभा अन्त गरे | 

छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलनमा मोर्चाका शिर्ष नेतृत्ववर्गलाई विभिन्न मुद्धा हाली सरकारले पक्राउ गर्ने षड्यन्त्र गरेपछि साथै कतिलाई राष्ट्रिय राजमार्गमा पथअवरोधको मुद्धा हालेर वारेन्ट जारी गरे पछि

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.