मङपु१९अगष्ट(केशर मोक्तान): बिगत दुई दिन मोर्चाले डाकेको जनता कर्फ्युमा सिन्कोना बगान बन्द रहेता पनि गोर्खाल्याड जोइन्ट एक्शन कमिटीले आज डाकेको घर भित्रै जनतामा भने सिन्कोना बगान खुल्लै नै रहेको देखियो | आज को बन्द लाब्दा मङपु समष्टिमा शान्तिपूर्वक साथ बित्यो | यहाँको रेसेप बजार अनि नालीडाड़ा क्षेत्रका सम्पूर्ण दोकान पाट,मङपु वरिपरिका शैक्षिक संस्थान अनि यानवाहन पूर्ण रुपले बन्द रह्यो | बन्द अवधि एम्बुलेन्स अनि पुलिसको वाहनहरु मात्र सडकमा आवत जावत भएको देखियो | यस्तै गरि राष्ट्रिय राजमार्ग ३१ए हाइवेमा भने आज सिक्किमका वाहनहरु प्राय: जसो सिलिगुडी तिर अवत जवत गरेको देखियो | अर्को तिर दार्जीलिङमा केन्द्रबाट अर्ध सैनिक बल आउने क्रम जारी छ भने आज मात्र मङपुमा नब्बे(९०)जना सी.आर.पी,एफ जवान आइपुगेको जानकारी पुलिस अधिकारीले दिएका छन | उक्त अर्धसैनिक बलको टोलीलाई यहाँको रबीन्द्र भवानमा बस्ने व्यवस्था गरिएको जानकारी पुलिस सुत्रले दिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?