मङपु९अगस्ट(निस): गोजामुमोले
डाकेको अनिश्चितकालीन बन्दको
सातौं दिनमा छुट्टै राज्य
गोर्खाल्याण्डको मांग गर्दे
आज सिन्कोना बगान श्रमिक पनि
सडकमा उत्रिएको छ | आज दार्जीलिंग
तराई डुवार्स प्लान्टेशन्
लेबर यूनियन सिम्कोना जोनको
आयोजनामा बगानका समस्त श्रमिक
कर्मचारी वी.वान्ट गोर्खाल्याण्डको
नारा लगाउदैं सडकमा उत्रिएको
देखियो | आज स्थानीय नालीडाड़ामा
राज्य सरकारको दमन नीतिको विरुद्धमा
सिन्कोना बगान श्रमिकवर्गले
ममताको पुत्ला जलाए | त्यस पछि
पथ सभालाई सम्बोधन गर्दे यूनियन
महासचिव गगन राईले बंगालबाट
छुट्नु हाम्रो जन्म सिद्ध अधिकार
हो यो जमीन हाम्रो पुर्खादेखि
बासी आएको भूभाग हो यो भूभाग
बंगालको राजनैतिक नेताले ससुरालीबाट
दाइजोमा पाएको होइन भनि बताए | सरकारको
दमन नीतिको षड्यन्त्र विरुद्ध
आज सिन्कोना श्रमिक सडकमा उत्रिएको
जनाए | आज सिन्कोना श्रमिक छुट्टै
राज्य प्राप्तीको निम्ति सय
प्रतिशत सडकमा उत्रिएको उनले
थप बताए | मुनाल घिसिंङले संचालन
गरेको सभालाई सम्बोधन गर्दे
मोर्चा मङपु जोन सचिव रतन लामाले
आज छुट्टै राज्य गोर्खाल्याण्डको
आन्दोलन छिमेकी राज्य सिक्किमले
पनि सहायता पुराएको आभार ब्यक्त
गर्दे आज हामीले हाम्रो आन्दोलनमा
कसैलाई पनि दबाऊ दिएको छैनौ
तर जातीय अस्मिता र चिनारीको
निम्ति अनि छुट्टै राज्य प्राप्तीको
निम्ति सबै सडकमा उत्रिएको
बताए | सचिव लामाले राशीन् पानीको
ब्यावस्था गर्ने हाम्रो
जिम्मा आएको छ भन्दै यसको निम्ति
अब हामी तयारी रहेको छौ भनि
बताए | उनले भुल भ्रान्तिमा
परेर अन्य पार्टीमा जाने नेतृत्ववर्गलाई
पनि समय छदाँ नै गोजमुमोमा
सामेल भई जातीय अस्मीता र चिनारीको
निम्ति एक भई सडकमा उत्रिने
अपील गरे | अर्का बक्ता ऋतुराज रावतले
आज छुट्टै राज्य प्राप्तीको
निम्ति सीआरपीको गोली खाना
पनि आफू त्यार रहेको बताउदै
अबको अन्तिम लडाईंमा मोर्चा
अध्यक्षको हातलाई शक्ति प्रधान
गर्न सबै जनता सडकमा उत्रिने
उनले अपील गरे | उनले छुट्टै
राज्य प्राप्तीको निम्ति सिन्कोना
बगान श्रमिकले दशैँ तिहार पनि
पालन नगर्ने बताए | सभामा लाब्दा
यूनियनशाखा सचिव सुरेन राई,मङपु
विभाग यूनियन शाखा सचिव बुद्द
कुमार थापा,रम्बी बीचकमान यूनियन
शाखा सचिव गजेन्द्र गुरुङ अनि
समरोहका सभापति साथै रेसेप
यूनियन शाखा सभापति बिशोर कार्कीले
पनि सम्बोधन गरे |
छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा सिन्कोना श्रमिक सडकमा
09Aug2013
Post a Comment