![]() |
मङपु९अगस्ट(निस): छुट्टै
राज्य गोर्खाल्याण्डको
मांगमा मोर्चाले डाकेको अन्शितकालीन
बन्दको सातौं दिन मङपुका
बिधार्थी मोर्चा अनि युवा
मोर्चाले सयुक्त रुपमा मङपु
देखि दार्जीलिंग सिहंमरी सम्म
३५ किमी० . पैदल यात्रा शुरु गरे |
युवा मोर्चा केन्द्र समिति
सदश्य उर्गेन शेर्पा,रेसेप
शाखा युवा मोर्चा सचिव बिकाश
गुरुङ अनि बिधार्थी मोर्चा
मङपु जोन सयोजक पवन थापाको
नेतृत्वमा झन्डै १५० युवाहरुले
वी.वान्ट गोर्खाल्याण्डको
नारा लगाउदै मङपु देखि दार्जीलिंग
सम्म पैदल यात्रा शुरु गरे | पैदल
यात्रा जान अघि मोर्चा मङपु
जोन अध्यक्ष प्रदीप छेत्रीले
बिमो र युमो कार्यकर्ताहरुलाई
खदा लगाएर शुभकामना दिए | यस्तै
गरि गोजामुमो मङपु जोन सचिव
रतन लामाले पनि पैदल यात्रीहरुलाई
शुभकामना व्यक्त गर्दे छुट्टै
राज्य गोर्खाल्याण्डको प्राप्तीको
आन्दोलन छोराहरुलाई आन्दोलनको
निम्ति सडकमा उत्रिन दिएकोमा
सम्पूर्ण अभिभावकगणलाई आभार
व्यक्त गरे |
Post a Comment