सिटोङ , ३ अगस्त (निस) : मोर्चाद्वारा घोषित वर्तमान चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको बारेमा चर्चा परिचर्चा साथै आफ्नो शाखाको भूमिका के कस्तो रहनुपर्ने हो भन्ने बारेमा छल-फल एवम् आलोचना गर्दै शाखा सभापति सनबहादुर आचार्यको सभापतित्वमा गोर्खा जनमुक्ति मोर्चा लोवर सिटोङ शाखाको एक सांगठनिक सभा सम्पन्न भएको छ | सिटोङ-एक खण्ड समिति उपाध्यक्ष डिगेल लेप्चाले गोर्खाहरुको वर्तमान स्थिति अनि चिलिरहेको आन्दोलनबारे प्रकाश पार्दै सभामा बताएअनुसार यसपल्ट पनि सबै गोर्खाल्याण्ड चाहने जनता सहभागी बनेर अस्तित्वको युद्धलाई थप दरो बनाउन नसके गोर्खाहरु यसपल्ट हारेमा सधैंको निम्ति हारेर जाने बताए | मोर्चा अनि गोर्खाल्याण्डपन्थिहरुलाई बिभिन्न चालहरुमा फसाउने प्रयास हुने र भइरहेको बताउँदै तिनले युवाहरु सचेत बन्नुपर्नेमा जोड़ दिए | आजको स्थितिमा पनि चिन्हारिको मुद्धा छोडेर सहुलियतको पछि दगुर्ने भनेर तृणमूल कांग्रेस अनि गोरामुमोलाई कटाक्ष गर्दै तिनले बर्तमानको निम्ति त जो पनि बाँच्छ तर हामीले भविष्यको निम्ति योगदान दिनुपर्ने बताए | मतभेद र गुनासोहरु भुलेर ठुलो बिषयको निम्ति ठुलै छाती पारेर हिड्नुपर्ने बताउँदै लेप्चाले यो स्थितिमा राज्य सरकारले एलडीसी जस्तो अरु पत्ता फेरि पनि फ्याँक्न सक्छ त्यसको जवाब दिन जनता तयार रहनुपर्ने उल्लेख गरे | अब गोर्खे बिभाजित हुनुहुँदैन भन्दै संबैधानिक स्थायी व्यवस्थाभित्र आ-आफ्नो हक र अधिकार खोज्न सक्ने तर बङ्गालले दिएको जुनसुकै कुरामा भुल्लिन नहुने नेतृत्वप्रति सुझाव राखेका थिए भने आगामी दिनमा जुनसुकै स्थितिको सामना
गर्न जनता तयार रहने आव्हान गरेका थिए | शाखा सह-सचिव तितस लेप्चाद्वारा सन्चालित सभामा बक्तब्य राख्दै युवा मोर्चा सिटोङ - एक खण्ड समिति सभापति सुशील सुब्बाले जीटीएले गोर्खाहरुको जनआकांक्षा पुरा नहुने बताउँदै आजसम्म स्थानिय सबै मोर्चा समर्थकहरु एवम् जनसाधारणले आ-आफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुरुप गोर्खाल्याण्ड आन्दोलनलाई साथ र सहयोग दिएको उल्लेख गरे भने आगामी दिनमा पनि त्यस्तै प्रकारको आशा रहेको बताए | बङ्गालले कोल्टे नीति खेलेको हुनाले जीटीए सफल
हुनसकेन अनि त्यो बिगत एकसय सात वर्षदेखि चिन्हारी र अस्तित्वको युद्ध लडिरहेका गोर्खाहरुको पक्षमा राम्रै भएको तिनले बताए | पहाडका विपक्षका दलहरु पनि एउटै आवाज गरेर गोर्खाल्याण्डको आन्दोलनमा सम्मिलित भएकोले अब यस चरणको आन्दोलनमा सबैको सहभागिता रहनु पर्ने तिनले जनाए | सभामा बोल्दै सिटोङ-एक खण्ड समिति सचिव दिलकुमार राईले बिमल गुरूङ एक इमान्दार नेता रहेको ठहर गरेको जनाए भने मोर्चा त्यागेर जाने व्यक्तिहरुलाई पनि माटो र जातिको निम्ति इमान्दार भइ अघि आउने आव्हान गरे | सभालाई अरुणकुमार राई,कृष्णबहादुर बुडाथोकी, दिलबहादुर खड्का, कुबिर राई, धनबहादुर राई, तपन शर्मा, भरत गुरूङ, पदम आचार्य, आदिले पनि सम्बोधन गरेका थिए भने सिटोङ एक खण्डसमितिको निर्देशमा आगामी ५ अगस्त सोमबार शाखाले विराट रुपमा राँके जुलुस निकाल्ने साथै मङ्गलबार शाखाअन्तर्गत सबै
युवा अनि बिध्यार्थिहरुलाई लिएर गोर्खाल्याण्डविषयमा एक चेतनामुलक अन्तरक्रियात्मक कार्यक्रम गर्ने तय भएको छ |

Post a Comment
We love to hear from you! What's on your mind?