छुट्टै राज्य गोर्खाल्याण्डको
मांग गर्दै मोर्चाले डाकेको अनिश्चितकालिन बन्दको १२ वा
दिन लाब्दा मङपु समष्टि शान्तिपुर्वक
बित्यो | हिज जस्तै आज पनि
यस क्षेत्रमा दिनभरि नै जनता
कर्फ्युको असर देखियो, यहाँको
सडक अनि दोकानपाट सुनसान रह्यो | बन्द
अवधि यहाँको सिन्कोना बगान
पूर्ण रुपले बन्द भयो | सिन्कोना
बगान संगै यहाँको शैक्षिक संस्थान,ब्यापारी
संस्थान लगायत सरकारी तथा गैरसरकारी
कार्यालय पूर्णरुपले बन्द
देखियो | यसरी मङपु सेक्टर सी
एन.एच.पी.सी. कार्यालय पनि बन्द
रह्यो | आजको जनता कर्फ्युमा
कोही पनि मानिसहरु घरबाट सडकमा
निसकेको देखिएन | फलत आम जनताले
घर भित्र नै बसेर जनता कर्फ्युको
समर्थन गरे भने
आजको जनता कर्फ्युको समर्थन
गर्दै मङपुमा दुधमा ब्यापारी(ग्वाला)हरुले
दुध समेत बिक्री गरेनन् |
Post a Comment
We love to hear from you! What's on your mind?