ममताको फरमान जनताको जवाब सम्पूर्ण पहाड़मा जनता कर्फ्यु

Janata Curfew in Darjeeling Hills for Gorkhaland
मड़प्, चन्दन खवास; राज्य सरकारको  मुख्य  मन्त्री ममता ब्यनार्जीको  फरमानलाई सहि जवाब दिनको  निम्ति यसपल्ट जनताले सम्पूर्ण पहाड़मा जनता कर्फ्यु लागु गरी राज्य सरकारलाई गतिलो प्रहर गरेको छ | दार्जीलिंग पहाड़को जनतालाई मेरो दाजुभाइ अनि दिदीबहिनी भन्ने ममताले आफ्नु चौकीको आड़मा जनतालाई हेकुलाले मिच्न खोजेको थियो जसको प्रतिउतर जनताले सही प्रकारले दिन सकेको छ भनि बिज्ञ पक्षले जनाएको छ | गणतन्त्रमा जनता नै सर्व हुन्छ तर उक्त कुरोलाई पर सारी बंगाल सरकारले गोर्खाल्याण्ड प्रेमी जनताको अघि तानाशाही नीतिलाई प्रस्तुत गरि जनताको भावना सित खेलवाड गर्दैछ | गणतन्त्रमा आन्दोलन गर्नु संवैधानिक  अधिकार हो | आफ्नो इच्छालाई प्रकट गर्नु पाउछ तर बंगालले किन गोखाहरुको गणतन्त्रको हनन गर्दैछ | बंगालले किन गोखाहरुको संबैधानिक अधिकारको बेवस्ता गर्दैछ | जनतालाई बंगाल सरकारले ठूलो प्रश्नको जन्जालभित्र धकेल्ने काम गरि रहेको छ | आखिर गोखाहरुले चाहि किन आफ्नो  जन्मसिद् अधिकारको निम्ति आवाज उठाउन पाउदैन भनी संविधानको कुन भागमा लेखिएको छ | दार्जीलिंग पहाड़को जनताले सड़कमा उर्लेर  छुटै राज्य गोर्खालैंडको निम्ति आवाज बुलुन्द पार्नु हुदैन भनि संविधानमा कतै उल्लेख छ की ?  यदि पहाड़को जनताले सड़कमा उर्लेर छुटै राज्य गोर्खालैंडको निम्ति आवाज बुलुन्द पर्नु हुदैन भनि संविधानमा कतै उल्लेख छ भने पनि अब राज्य अनि संविधानले गोर्खाहरुको जन्मसिद् अधिकार छुटै राज्य गोर्खालैंडको आन्दोलनबाट छेक्न नसक्ने चित्र स्पष्ट जनताले पारेको छ | राज्य सरकारले यसपल्टको गोर्खालैंडको आन्दोलन नेताले गरेको ठानी पहाड़मा नेताहरुलाई फटाफट पक्रीने काम गर्यो तर सरकार आफै भ्रममा रहेको प्रमाण सरकारको कार्यनीतिले दियो | सरकारले धेरै सभाषदहरुलाई प्रक्रा गर्यो साथमा नेतालाई पनि जेलमा हाल्ने कार्य भई रहेको छ अझै धेरैलाई प्रक्राउ गर्ने छ प्रशासनिक गतिविधि हेर्दा तर नेता अनि सभासदहरुलाई जुन प्रकारले प्रक्राउ गर्देछ यसले  जनतालाई आन्दोलनको निम्ति पूर्ण तयार बनाउदैछ | यस पल्टको आन्दोलनको वास्तविकतालाई निर्कोल गर्नु हो भने यस पल्ट जनता आफै आफ्नो  हक अधिकार अनि मुद्दाको खातिर सड़कमा उर्लेको छ| यसैले तेस्रो चरणको आन्दोलनलाई दमन गर्न राज्य सरकारलाई धेरै गह्रो पर्ने निश्चित देखिन्छ  | गणतन्त्रमा जनताको निर्णय नै अन्तिम निर्णय हुन्छ | भारतीय संविधानले पनि जनताको भावनाको कदर गनै पर्छ | गणतन्त्रमा राज्यको मुख्य मन्त्री नै अन्तिम निर्णय होइन यदपि बंगालले दार्जीलिंग पहाड़माआफ्नो   तालिबान हुकुमत जारी गरि सरकारले गोखाहरु प्रतिको नियतलाई उदांगो पारेको छ | राज्य सरकारले छुटै राज्य गोर्खालैंडको निम्ति डाकेको बन्दलाई राज्य सरकारले ७२ घण्टा भित्र खोल्न पर्ने फरमान जारी गरेता पनि उक्त फरमानले राज्य सरकारलाई नै उल्टा चेपारोमा परेको छ | गणतन्त्रमा जनताको निर्णय नै सर्वपरी हुन्छ यसैले सरकारको फरमानलाई सोझो चुनौती दिन यस पल्टा पहाड़ले जनता कर्फ्यु गरि सरकारको दमननीतिको जवाब दिने मन बनाएको छ | दुई दिनको निम्ति पहाड़मा जनता कर्फ्यु लाग्ने छ एवं  ममताको फरमान जनताको जवाब सम्पूर्ण पहाड़मा जनता कर्फ्यु |

राज्य सरकारको मुख्य मन्त्री ममता ब्यनार्जीको फरमानलाई सहि जवाब दिनको निम्ति यसपल्ट जनताले सम्पूर्ण पहाड़मा जनता कर्फ्यु लागु गरी राज्य सरकारलाई गतिलो प्रहर गरेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.