मङपु७अगस्ट(केशर मोक्तान): आज गुरुदेव
७४वा पुण्य तिथीको अवसरमा
अन्य कसैले गुरुदेवलाई स्मरण
नगरे पनि मङपु रबीन्द्रनाथ संग्रहालयका केयरटेकर शिशिर रावत एक्लैले विश्वकवि गुरुदेव
रबिन्द्रनाथको तस्बीरमा
दीप प्रज्वलन गर्दे पुष्पअर्पण
गर्ने कार्य गरे | प्रत्यक
वर्ष सरकारको पक्षबाट गुरेदेवको
पुण्य तिथि धुमधामले पालन
गर्ने भए ता पनि यस पल्ट
पहाड़मा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको
निम्ति मोर्चाले पहाडमा अनिशितकालीन
बन्द डाकेको कारण यस पल्ट मङपु
रबिन्द्रनाथ संग्रालयमा सरकारी
पक्षबाट कुनै पनि कार्यक्रम
गरेको देखिएन | स्मरण रहोस मङपु
रनिद्रनाथ संग्रालय बिश्वको
सबै भन्द पुरानो संघ्रालय हो
तर आजको दिन सम्म पनि सरकारले
यस संग्रालयलाई विभाग बिहिन
बनाई राखेको कारण यसको देख
रेख ठीक संगले भएको छैन | फलतः
हाल सम्ममा पनि यहाँ रात्रि
चौकिदार सम्म नियुति भएको
छैन | अहिले घरि चलिरह्र्को
गोर्खाल्याण्डको आन्दोलनमा
पहाडको एतिहासिक धरोहरहरुमा
सरकारले उचित प्रसाशनको व्यस्था
गरे तापनि मङपु रबिन्द्रनाथ
संग्रालयमा भने सरकारले प्रशासनको
ब्यावस्था नगर्नु सरकारको
ठुलो दोष देखिन्छ | यहाँ झट्ट
भन्दा झट्ट संग्रालयलाई रक्षा
गर्न २४ घण्टा नै प्रशासनको
तैनाथ गर्न नितान्त आवश्यक
देखिन्छ |
मङपुमा केयरटेकर एक्लैले रबीन्द्रनाथको पुण्य तिथि पालन गरे
08Aug2013
Post a Comment