मङपुमा यो वर्ष श्रीकृष्ण प्राकाट्य महोत्सव साधारण रुपमा मनाइने

Mungpoo Sri Krishna Pranami Mandir
मङपु (केशर मोक्तान): श्री कृष्ण प्रणामी  गीता मन्दिर रेसेप बिभाग  मङपुमा बिगत २७ जुलाई देखि एक महीनाब्यापी श्रीमद्वीतक  कथा सम्पन्न भईरहेको  छ | यस अवधि गोर्खाल्याण्ड  राज्य एवं नेर्तित्ववर्गमा  सद विचार,सठीक दिशानिर्देश  र आत्मबल प्राप्ति हेतु उपस्थित  भक्तजनहरुले प्रत्यक दिन प्रार्थना   सभा चलिरहेको छ | श्रीमद्वीतक कथा वाचकको रुपमा मंगलधाम कालेम्पोंगका धर्म प्रचारक प. श्री श्याम गौतम महाराज हुनु हुन्छ | आगामी दिनाक २६ अगष्ट २०१३ सोमबारको दिन श्रीमद्वीतक कथाको पुर्नाहुति हुनेछ र २७ अगष्टको दिन श्रीकृष्ण महोत्सव  पालन गरिनेछ तर यस बर्ष वर्तमान पहाडको बिषय परिस्थितिलाई अवलोकन गर्दै हाम्रो संवैधानिक मांग गोर्खाल्याण्ड राज्य प्राप्तीको निम्ति संघर्षरत नेतृत्ववर्ग एवं सयौ कार्यकर्ताहरु जेलमा बन्दी रहेकोमा सहानुभूति दर्शाउदै  र गोर्खाल्याण्डको निम्ति आफ्नो जीवनकै बलिदान दिने ती महान अमर शहीदहरु प्रति समर्पित मङपुका सम्पूर्ण प्रणामी सुन्दरसाथले यस बर्ष श्रीकृष्ण प्रकाटय महा उत्सव साधारण रुपमा  नै मनाउने तय गरिएको छ | प्रत्यक बर्ष निकालिने बिभिन्न  झाकीसहित श्रीकृष्णजीको रथयात्राले नगरपरिक्रमा पनि गरिने छैन | यस धार्मिक अनुष्ठानमा आत्मिक  लाभ लिनहुन समिति सबैलाई हार्दिक स्वागत गर्दछ भन्ने जानकारी मन्दिर संचालन समितिका सचिव सुजित थापाले दिएका छन |

श्री कृष्ण प्रणामी गीता मन्दिर रेसेप बिभाग मङपुमा बिगत २७ जुलाई देखि एक महीनाब्यापी श्रीमद्वीतक कथा सम्पन्न भईरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.