छुट्टै राज्य गोर्खाल्याण्डको मांग लिएर मंग्पूमा विराट पुल्ठे जुलुश

GJM Torch rally for Gorkhaland in mungpoo
मङपु५अगस्ट(केशर मोक्तान): छुट्टै  राज्य गोर्खाल्याण्डको  मांगलाई प्राणको आहुति  दिने  शहीद मंगलसिह राजपुत लाई श्रदान्जली अर्पण गर्दे  मोर्चा मङपु जोनले छुट्टै राज्य गोर्खाल्याण्डको  मांगमा आज एक बिराठ जुलुस  निकाले | हजारौं मोर्चा समर्थकहरु छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा एक जुट भइ हातमा पुल्ठो बोकेर वी वान्ट गोर्खाल्याण्डको नारा लिएर सडकमा उत्रिए | मोर्चाले उठाएको तेस्रो चरणको आन्दोलनमा आज फेरि समग्र मङपुका जनता एक भइ राज्य प्राप्तीको निम्ति सडकमा उत्रिएको देखियो | आज स्थानीय नालीडाड़ा देखि रेसेप बजार परिक्रमा गर्दे नारीमोर्चा,युवा मोर्चा,विधार्थी मोर्चा,जी .पी.टी.ओं, .जे.एस.टी.ओं, भू.पू.सैनिक ,ज.क.स, का प्रतिनिधिहरुले हातमा पुल्ठो बोकेर वी.वान्ट.गोर्खाल्याण्डको नारा लगाउदै जुलुस निकाले | जुलुसमा गोर्खे जाति सँगै भूटिया,मारवाडी,बिहारी मुस्लीम दाजुभाईले छुट्टै राज्यको गोर्खाल्याण्डको मांगमा नारा लगाउदै जुलुसमा उपस्थित रहेको देखियो | पुल्ठे जुलुस नालीडाड़ामा आई पथ  सभामा परिणत भयो | पथ सभालाई सम्बोधन गर्दे मोर्चा मङपु जोन सचिव रतन लामाले गोजमुमोले उठाएको छुट्टै राज्य गोर्खाल्याण्डको तेसो चरणको आन्दोलन आज फेरि सबै एक भइ सडकमा उत्रिएर अघि आएको आभार प्रकट गर्दे सधैँ यसरी नै सबै एक भइ अघि आउने अवाहन गरे | उनले सहिद मंगलसिह राजपुतले राज्य प्राप्तको निम्ति दिएको त्याग र बलिदान व्यर्थै खेर जान दिनु हुदै भन्दै अबको आन्दोलनमा सम्पूर्ण जनताले यसरी नै सहयोग गर्ने अपील गरे | अन्त्यमा आजको पुल्ठे जुलुसमा उपस्थिति दिएका पार्टीका सम्पूर्ण कार्यक्रताहरुलाई मोर्चा मङपु जोन सभापति प्रदीप छेत्रीले आभार व्यक्त गरे | अर्को तिर आज पनि मोर्चाले डाकेको अनिशित्कलिन बन्दको तेस्रो दिन मङपु क्षेत्रमा शान्तीपूर्बक साथ बित्यो भने खै कतै अप्रिय घटन घटेको समाचार छैन | आज सिन्कोना बगान खुल्ला नै रहे ता पनि यहाको दोकान पाट यानवाहन शैक्षिक संस्थान अनि सरकारी तथा गैरसरकारी कार्यालय पूर्ण रुपले बन्द रहेको देखियो |

छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई प्राणको आहुति दिने शहीद मंगलसिह राजपुत लाई श्रदान्जली अर्पण गर्दे मोर्चा मङपु जोनले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा आज

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.