एन.एच.पी.सी. गेस्ट हाउसमा अज्ञात व्यक्तिहरुद्वरा वाहन जलाउने प्रयास

Vechile burnt in NHPC
मङपु२अगस्ट(निस): मङपु पुलिस पोस्ट प्रभारी  बिमान मण्डलले बताए अनुसार हिज राती एन.एच.पी.सी. गेस्ट  हाउस परिसरमा राखिएको बोलेरो गाडीलाई केही अज्ञात व्यक्तिहरुले जलाउने प्रयाश गरेको छ | पुलिसले  बताए अनुसार हिज राती प्राय  १०.३० बजे तिर तीन जना  अज्ञात व्यक्तिहरु मङपु सेक्टर एफ एन.एच.पी.सी. गेस्ट हाउसमा प्रवेश गरि त्यहाँको तैनाथ  गार्डलाई खुकुरी देखाई दुईवाट बोलेरो गाडीमा आगो लगाउने प्रयास गरको थाहा लागेको  छ | तीन अज्ञात ब्यक्तिहरु कोलिनिको तारको बार माथि बाट प्रबेस गरि चोकिदर(गार्ड)किशोर  राईको मोबाइल सेल खोस्दै अन्यत्र फ्याकी एक जनाले चोकिदरलाई खुकुरी देखाई  दुई जना गाडीमा पेट्रोल लगाएर आगो सल्काई पाच मिनट भित्र चम्पट कसेको  जन्न्नामा आएको छ | घटना हुन साथ गार्डले वर पर कराई मानिसहरु भेला गरे पछि आगोलाई निभाउन सक्षम भएको जान्नमा आएको छ | तथापि ति अज्ञात तीन व्यक्तिहरुले सेतो बोलेरो वाहनको नम्बर w.b.74.z.4681 रहेको अनि वाहनको मालिक गोरुबथान आले बस्ती निवासी राजेन प्रधान रहेको पुलिसले जनाएको छ | उक्त वाहन धेरै दिन देखि एन.एच.पी.सीमा भाडामा कुदिरहेको जान्नमा आएको छ | ती बदमासहरुले बोलेरो गाडीमा तेल लगाएर आगो लगाएता पनि तत्कालै निभाउन  सक्षम भएको कारण वाहनको चक्काको विल क्याप अनि दहिलोको सिसा फुटाएको पुलिसले बताएको छ | यस्तै गरि उक्त वाहनको छेउमा नै राखेको अर्को बोलेरो गाडी wb.73.c 6679 लाई पनि बदमाशहरुले जलाउने प्रयास गरेता पनि वाहनलाई केही क्षति नभएको पुलिसले जनाएको छ |

मङपु पुलिस पोस्ट प्रभारी बिमान मण्डलले बताए अनुसार हिज राती एन.एच.पी.सी. गेस्ट हाउस परिसरमा राखिएको बोलेरो गाडीलाई केही अज्ञात व्यक्तिहरुले जलाउने प्रयाश गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.