जीटीएको
माध्यमबाट पहाडको बिकाश
हुनुपर्छ भन्ने चहाना तृणमूल
कांग्रेसको पनि हो तर बिकाशको
निम्ति आएको राशीबाट कटौती
गरेर पार्टीको फन्ट भन्दै मौजमस्ती
गर्न पाइन्दैन | यही भ्रस्टाचार अन्याय अत्याचारलाई जरैबाट
मास्न आज तृणमूल कांग्रेसको
जन्म भएको हो भन्ने मन्तव्य
आज मङपु बस स्ट्याण्डमा आयोजीत
पार्टीको सभामा बोल्दै समष्टि
सयोजक पवन बलले गरेका हुन | अर्पणदीप
राईले संचालन गरेको उक्त सभामा
मङपू नालीडाड़ा छेत्रका दश घर
दावाछीरिंग शेर्पाको अगुवाइमा
टीएमसीमा सामेल भएका छन | तृणमूलमा
सामेल हुने उक्त व्यक्तिहरुलाई
पार्टी सयोजक पवन बल,सिन्कोना
जोन मूल सचिव मिरेन लामा,मङपु
सिन्कोना जोन सचिव बुद्ध लामा
सभापति निलकुमार गुरुङ अनि
के.एस.छेत्रीको बाहुलीबाट पार्टीको
झण्डा प्रदान गर्दे स्वागत
गरियो | अबउसो नालीडाड़ा क्षेत्रको
निम्ति पार्टी संचालन गर्ने
भार दावा छीरिंङ शेर्पालाई
प्रदान गरिएको घोषणा पवन बलद्वरा
गरे पछि,धेरै अघिदेखि तृणमूल
कग्रेस पार्टीमा सक्रियरुपमा
खट्दै आइरहेका रङबीबीचकमानबाट रेजिना गुरुङलाई लाब्दा
मङपु समष्टि टीएमसी महिला संगठनका
सयोजिकाको अभिभाराको नियुक्ति
पत्र पवन बलद्वरा प्रदान गरियो | यसरी
आगामी दिनाङक ४जनवरी२०१४को
दिन एन.एच.पी.सी. श्रमिक यूनियनको
एक गेट सभा अयोजन हुनेछ भने उक्त सभामा प्रमुख बक्तको रूप
टी.एम.सी. राज्य युथ सचिव बिशाल
छेत्री, सभासद मिलन डुक्पा,आई.एन.टी.टी.यू.सी.जिल्ला
सभापति अरुण घोष अनि सचिव श्याम
राई उपस्थित हुनेछ भन्ने जानकारी
प्रेस बिज्ञप्ती मार्फत कार्यालय
प्रभारी रबिन योन्जनले जानकारी
दिएका छन |
नालीडाड़ाबाट दश घर टीएमसीमा सामेल
20Dec2013


