विमल गुरूङ जीटीए चीफको पदमा फर्किने सम्भावना 20 दिसम्बरपछि घोषणा हुनसक्ने

Bimal Gurung in Jamuney Darjeeling
दार्जीलिङ 9 दिसम्बर(शरण गुरूङ)ः मोर्चा प्रमुख विमल गुरूङ जीटीए चीफको पदमा फर्किने सम्भावना दिनौंदिन प्रवल बन्दै गइरहेको छ। मोर्चा प्रमुखलाई नै जीटीए चीफको चौकीमा फर्किएको हेर्न चाहने जनताको आवाज एकतिरबाट निक्कै चर्को भइरहेकै समय आज विमल गुरूङ स्वयंले पनि चीफको चौकीमा फर्किने संकेत दिए। सिन्कोना विभागद्वारा जामुन्ने देवीडाड़ामा आयोजित एन्थुरियम पाइलट प्रोजेक्ट शिलान्यास समारोहमा बोल्दै गुरूङले जीटीए चीफको पदमा फर्किने संकेत दिए। आफू जीटभए चीफको चौकीमा फर्किने संकेत दिदै गुरूङले भने, जीटीए चल्न सकेको छैन। सबै डॉंवाडोल अवस्थामा रहेको छ। मबिना सभासद्‌हरूले काम गर्नै सकिरहेको छैन। जीटीएको जम्मै कार्यहरू गॉंठो परेको छ। अब यो गॉंठो खोल्नुपर्ला जस्तो लागिरहेको छ। जीटीएमार्फत्‌ थुप्रै विकासकार्यहरू गरिनुपर्ने बताउँदै गुरूङले जीटभए चीफको चौकी पुनः सम्हाल्ने छनक दिए।
यद्यपि विमल गुरूङ जीटीए चीफको पदमा फर्किने नफर्किने भन्ने विषयमा आगामी 20 दिसम्बरपछिमात्रै थाह लाग्ने देखिदैछ। गुरूङले समारोहमा बताएअनुसार, आगामी 20 अक्टोबरको दिन मुख्यमन्त्री ममता व्यानर्जीसित कलकत्तामा उनको बैठक सम्पन्न हुनेछ। र सोही बैठकपछिमात्रै उनले यसबारे निर्णय लिने बताए। यद्यपि पत्रकारहरूले सोधेको एक प्रश्नको उत्तरमा गुरूङले उक्त बैठक मुख्यमन्त्री ममता व्यानर्जीको निमन्त्रणामा भइरहेकोले बैठकको विषयबारे अहिले नै स्पष्ट नभएको पनि बताए। तथापि गुरूङको भनाइअनुसार, जीटभए चीफको रिक्तपदबारे भने उक्त बैठकमा कुरा हुने प्रवल सम्भावना रहेको छ भने सोही बैठकपछि सम्भवतः उनी जीटभए चीफको पदमा फर्किनेछन्‌।
जीटीए चीफको पदमा विमल गुरूङ नै फर्किनुपर्ने मागमा जनताको नाममा पोस्टरसमेत टासिँने काम भइरहेको छ भने गोजमुमो पार्टीको पनि सोही माग रहेको छ। गोजमुमो केन्द्रीय सह सचिव ज्योति कुमार राईले बताएअनुसार, पार्टीको चाहना पनि मोर्चा प्रमुख विमल गुरूङ स्वयंले नै जीटीए चीफको पदभार ग्रहण गरोस्‌ भन्ने रहेको छ। मोर्चा प्रमुखको मार्ग निर्देशनमा जीटभए सुचारूरूपमा चल्नसक्ने अनि थुप्रै विकासकार्यहरू हुनसक्ने दावी गर्दै मोर्चा प्रमुख स्वयं नै जीटभए चीफको पद्‌मा फर्किउन्‌ भन्ने पार्टीको धारणा रहेको राईले बताए। यस विषयमा नारी मोर्चा कोर कमिटी अध्यक्षा आशा गुरूङसित प्रश्न गर्दा यसबारे आफ्नो कुनै व्यक्तिगत धारणा नरहेको भएतापनि जनताले यदि मोर्चा अध्यक्षलाई नै जीटीए चीफको पदमा हेर्न चाहन्छन्‌ भने आफू पनि जनताकै विचारमा सहमत रहने बताइन्‌।

मोर्चा प्रमुख विमल गुरूङ जीटीए चीफको पदमा फर्किने सम्भावना दिनौंदिन प्रवल बन्दै गइरहेको छ।

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.