दार्जीलिङ 9 दिसम्बर: विश्व बजारमा चियापछि अब एन्थुरियम फूल
पनि दार्जीलिङले निवेश गर्ने भएको छ। लगभग 2.5 करोड़को लागतमा जीटीएले यस
खेतीको शुरूआत गर्नेछ भने पहाड़मा उत्पादित एन्थुरियमको निवेश होल्याण्डका
एक कम्पनीमार्फत् गरिने भएको छ। (Anthurium park in jamuney,Darjeeling)जीटीए सिन्कोना विभागद्वारा आज
जामुन्नेस्थित देवीडाड़ा परिसरमा एन्थुरियम पाइलट प्रोजेक्टको शिलान्यास
गरियो। जीटीए डेप्युटी चीफ कर्णल रमेश आले, गोजमुमो अध्यक्ष विमल गुरूङ,
सिन्कोना निर्देशक डा. सामुएल राई, तकनिकी सल्लाहकार डा. जीसी सुब्बा एवं
जीटीए सभासद्हरूको उपस्थितिमा आज यस प्रोजेक्टको शिलान्यास गरियो भने
होल्याण्डका एन्थुरियम विशेषज्ञ, सिन्कोना, हर्टिकल्चर एण्ड एग्रीकल्चर
सल्लाहकार डा. जीसी सुब्बाको निर्देशन अनि परिसीमा गिरीको देखरेखमा चाड़ै
यसको खेती शुरू गरिने थाहा लागेको छ। उक्त प्रोजेक्ट शुरू गर्नुको मूल
उद्धेश्य पहाड़मा औध्योगिक विकासमार्फत् क्षेत्रीय बेरोजगार युवाहरूलाई
रोजगारको साधन उपलब्ध गराउन साथै पहाड़लाई जीटीएमार्फत् औध्योगिक एवं
पर्यटन विकासतिर अग्रसर गराउनु रहेको प्रोजेक्टका निर्देशक डा. जीसी
सुब्बाले बताए। विश्व बजारमा एन्थुरियम फूलको धेरै माग रहेको साथै पहाड़को
कतिपय क्षेत्रहरूमा यसको खेती सप्रिने सम्भावना रहेकोले नै उक्त प्रोजेक्ट
शुरू गरिएको डा. सुब्बाले बताए। जामुन्ने परिसरबाहेक मङपू, मिरिक, गोरू
बथान तोदे ताङता आदिक्षेत्रतिर पनि यसको खेती गरिने योजना रहेको उनले बताए।
पहाड़को जलवायु अनि भौगोलिक अवस्थानलाई हेर्दा यहॉं विभिन्न प्रजातिका
उद्भिद् अनि औषधी पौधाहरूको खेती गर्न सकिने उललेख्ख गर्दै पहाड़का कतिपय
ठाउँहरूमा कफीको खेती गरिने योजना रहेको पनि उनले बताए।
कार्यक्रममा विशेषरूपले उपस्थित मोर्चा अध्यक्ष विमल गुरूङले एन्थुरियम पाइलट प्रोजेक्टमार्फत् जीटीए क्षेत्रका बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराउने योजना रहेको बताए। डा. जीसी सुब्बाको निर्देशनमा भइरहेको उक्त प्रोजेक्टलाई जीटीएको तर्फबाट सक्दो सहयोग पुऱ्याइने आश्वासन दिदै उनले सुब्बा मुखलेमात्रै डा. नभएर कार्यले पनि डा. भएको बताए। डा. सुब्बाले आफ्नो अध्ययनलाई मुखलेमात्रै बयान नगरेर जनसाधारणको हितमा आफै खटेर पनि कार्य गरिरहेको बताउँदै उनको यसै योग्यतालाई हेरेर नै जीटीएले उनलाई सिन्कोना हर्टिकल्चर अनि एग्रीकल्चर विभागको तकनिकी सल्लाहकारको रूपमा नियुक्त गरेको पनि गुरूङले बताए। सिन्कोना बगानक्षेत्रमा डा. सुब्बाले गरेको कार्य उल्लेखनीय रहेको बताउँदै एन्थुरियम पाइलट प्रोजेक्टमार्फत् पनि सुब्बाले थुप्रै बेरोजगारहरूलाई रोजगार उपलब्ध गराउने अपेक्षा राखेको पनि गुरूङले बताए। गुरूङले पहाड़ विकासको निम्ति पनि जीटभएले कार्य योजना तयार पारेको बताउँदै भने, शहरीक्षेत्रबाहेक अन्य ग्रामीणक्षेत्रहरूमा कुनै प्रकारको काम नभइरहेको आफूलाई अनुभव भएको बताए। पर्यटन अनि अन्य कुराहरूको निम्ति केवल दार्जीलिङ, कालेबुङ अनि खरसाङका शहरीक्षेत्रलाईमात्रै हेरिदै आइरहेको छ। यसैले गाउँबस्तीका धेरैवआ राम्रा कुराहरू सार्वजनिक हुन सकिरहेको छैन। पर्यटन विकासको निम्ति अब पर्यटकहरूलाई गाउँबस्तीतिर पनि आकर्षित गर्नु आवश्यक रहेको छ। जीटीएमार्फत् हामी यसैको विकल्प खोजिरहेका छौं। हामी जीटीएमार्फत् थुप्रै काम गर्न चाहन्छौं। हाम्रो चाहना अनि भिजन ठूलो रहेको छ। तरैपनि हामीले काम गर्न पाएका छैनौं। विभिन्न बाधा-अड़चनहरूले हामीलाई काम गर्न रोकिरहेको छ। यस्तै बाधा अड़्चनहरूले गर्दा जीटीए भएको 13 महीना बितिसक्दा पनि कुनै काम गर्न पाएका छैनौं।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित जीटीए डेप्युटी चीफ कर्णल रमेश आलेले जीटीए सदैव रोजगार विकासको निम्ति प्रयासरत् रहेको बताए। आज शिलान्यास गरिएको एन्थुरियम पाइलट प्रोजेक्ट जामुन्ने परिसरमामात्रै सीमित नराखेर कालेबुङ, मिरीक, खरसाङ आदिक्षेत्रतिर पनि विस्तार गरिने उनले बताए। मोर्चा अध्यक्ष विमल गुरूङको भिजन अनुसार जीटीएक्षेत्रको विकास गराउन जम्मै विभागीय अधिकारी तथा सभासद्हरू दिलोज्यानले लागिपरेको बताउँदै उनले भने, सयदिने रोजगार सम्बन्धी बीडीओसित दुईपल्ट भेटवार्ता भइसकेको छ। जम्मै कार्यहरू गुणस्तरीय हुनुपर्ने यसो नभएको खण्डमा आरोपीहरूमाथि कड़ा कार्वाही गरिने कुरा हामीले बीडीओलाई जनाइसकेका छौं। यसबाहेक जीटीएमार्फत् हुने विभागीय कार्यहरूको निम्ति पनि जोड़तोड़ले कार्य भइरहेको उनले बताए। यद्यपि कतिपय विभागीय सभासद्हरू पक्राउ परेको कारणले गर्दा विकासकार्यहरू गर्नुमा धेरै समस्या परिरहेको जनाउँदै चाड़ै सभासद्हरूलाई रिहा गर्नुपर्ने पनि उनले माग गरे। कार्यक्रमलाई सिन्कोना विभाग सभासद् सामुएल गुरूङ, जीटीए सचिव डीबी लेप्चा, नयन राई आदिले पनि सम्बोधन गरेका थिए।