मङपू:३०डिसेम्बर: यस क्षेत्रका
बुद्धिष्टहरु अल्पसंख्यक
समुदायभित्र परेता पनि अल्पसंख्यकहरुको
निम्ति सरकारद्वारा प्रदान
गरिएको सहुलियतहरुबाट बन्चित
छन भन्ने कुरो आज “तामाङ
बुद्धिष्ट माइनोरेटी वेल्फ्यर
सोसाइटी” का संस्थापक सदश्य
कर्म ब्लोन गरे | अल्पसंख्यक
बुद्धिष्टहरुलाई उनीहरुको
हक र अधिकार दिलाउन नै आज “तामाङ
बुद्धिष्ट माइनोरेटी वेल्फ्यर
सोसाइटी” जन्म भएको कुरो आज
लाब्दा दोङाग छोलिंङ सार्बजनिक
बौद्ध गुम्बामा आयोजित संगठनको
सभामा बोल्दै कर्म ब्लोनले
उक्त मन्तब्य जाहेर गरे | उनले
सभामा आफ्नो मत राख्दै सरकारकोमा
अल्पसंख्यकहरुको निम्ति घर
देखि शमसानघाट सम्म बनाउने
परियोजनाहरु छन | उक्त परियोजनालाई
दिशा निर्देश गर्ने सहि संस्था
नभएको कारण साथै धेरै जसो परियोजना
कार्य रुपमा परिणत हुन् नसकेर
सरकारमा नै फर्किएर गएको
सभामा उपस्थित सम्पूर्ण
तामांङ सन्तानलाई औगत गराए | श्रीमान
ब्लोनले आज सरकारले सरकारी
तथा गैरसरकारी बिध्यालयमा
अद्ध्यानरत १ देखि १० कक्षा
सम्मका अल्पसंख्यक विधार्थीहरुलाई
४७सय् अनि एक हजारको चेक प्रदान
गर्दै आएता पनि कतिवाट बिध्यालयले
एकहजारको चेक मात्र नानीहरुको
हातमा थमाएको यस संस्थाले खोज्दै
जादा भेटको कुरो सभामा राखे | उनले
बिध्यार्थी नानीहरुको चेक
लिदा अभिभावकवर्गले नानीको
खातामा आएको रकम हेरेर अनि
जाचबुझ गरेर मात्र हस्ताक्षर
गरेर लिने जानकारी गराए उनले प्रत्येक बिध्यलयमा एउटा चेक
नानीको नाम एक हजार रुपियाको
आउने गरेको अनि सोहि नानीको
नामको ४७ सयको चेक बिध्यालयको
नाममा आउने गरेको पनि उनले
खुलाशा गरे | यसकारण अभिभावकगण
तथा बिध्यार्थीवर्गले स्कूलबाट
चेक लिदा यी कुराहरु माथि
धयान दिएर चेक लिने सबैलाई
सुझाव राखे | उनले सभामा तामांङ
बुद्धिष्ट अल्पसंख्यक जातिलाई
सरकारद्वारा प्रदान गरिने
बिभिन्न लोन स्कीम साथै धेरैवटा
सहुलियतहरु बिषयमा पनि जानकारी
गराए | “तामाङ बुद्धिष्ट माइनोरेटी
वेल्फ्यर सोसाइटी”कार्य
संचालन गर्नको निम्ति प्रत्येक
तामांङ सन्तानले मासिक रुपमा
१० रुपिया सहयोग गरिदिने पनि
उनले अपील गरे | यसरी संस्थाका
केन्द्रीय समिति अध्यक्ष गंगा
ब्लोनले सभालाई सम्बोधन गर्दै
तामांङ जाति ट्राइबल अनि माइनोरेट
भएर पनि सरकारद्वारा दिएको
सहुलियत् अनि अधिकार उपभोग
गर्नबाट बन्चित रहन परेको
कुरो औगत गराए | उनले सबै तामांङ
सन्तानलाई आफ्नो सहुलियत र
अधिकारको निम्ति जागरुक भएर
अघि आउनु पर्ने जनाउदै सरकारद्वारा
अल्पसंख्यक बिद्यार्थीहरुलाइ
धेरै नै राशीहरु आउने भएकोले
सम्पूर्ण अभिभावकगण नानीहरुको
नाममा आज देखि नै खाता खोलिदिने
सुझाव राखे | यसरी तामांङ बुद्धिष्ट
अल्पसंख्यक सन्तानका छोरी
चेलीहरु अन्य जात संग बिहे
भएको खण्डमा सरकारले तीस
हजार रुपिया नगद राशी दिनेगरेको
पनि बक्ताहरुले सभामा जनाए | समष्टि
सयोजक केशर तामाङले संचालन
गरेका सभामा उपस्थित सबैलाइ
लिएर सम्पूर्ण शाखाबाट दुइ
दुई जनाको प्रतिनिधि चयन गरियो | जसमा
लाब्दा बिभाग शाखाबाट दिपेन
तामांङ अनि किरण पाख्रीन,रङबी
बीचकमान शाखाबाट पुष्कर सिंगर
अनि ,लाब्दा बस्तीबाट सन्तबीर
लामा अनि सुरेन लामा,लोहापूल
सुन्तलेबाट सुरेन मोक्तान
अनि बिध्या पाख्रीन,आदर्शग्राम
७४ धुराबाट बिकाश मोक्तान अनि
पासांङ तामांग रेसेप बजारबाट
सुकदेव बल,रेसेप विभागबाट
शिबलाल मोक्तान,अनि अन्य रंजुभेल्ली
बिभाग,रेसेप फरेस्ट बस्ती साथै
मङपू सिम्ले विभागबाट समष्टि
सयोजकले सभा राखेर नै शाखा
प्रतिनिधि छनौट गरिने सभामा
निर्णय लियो | यसरी आगामी जनवरी
महिना भित्रमा नै तक्दा खण्ड
बिकाश अधिकारी सित संगठन
प्रतिनिधिले भेट गरि अल्पसंख्यक
समुदायको निम्ति सरकारबाट
दिएको सहुलियत बारेमा वार्तालाप
गर्ने भएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?