दातडुप्लालेयु द्वारा सिन्कोना निर्देशकलाई ज्ञापन

Cinchona flower
मङपु७जनवरी(केशर मोक्तान): दार्जीलिंङ  तराई डुवार्स प्लान्टेशन लेबर यूनियन सिन्कोना जोन  केन्द्रीय समितिले बगानको श्रमिक कर्मचारीवर्गको २१ सुत्री मांगलाई पेश गर्दै  सिन्कोना बगान भारप्राप्त निर्देशक डा.सामुएल राईलाई एक ज्ञापन चडाए | सोमबारको दिन स्थानीय निर्देशक बंगलोमा दातडुप्लालेयु सिन्कोना जोन केन्द्रीय समिति सभापति एवं जीटीए सभासद गोपाल रुचाल सचिव गगन राई लगायत यूनियनको अन्य प्रतिनिधिको उपस्थितिमा उक्त ज्ञापन पत्र चडाए | उक्त पत्रमा कुलैन,इमिटिएन,डायोजेनिन कारखाना सरकारले झट्टै चालु गर्न पर्छ, रेसेप बिभागलाई बगानको पूर्ण बिभागको दर्जा दिन पर्छ,लाटपन्चर सिन्कोना बगानलाई दुई बिभाग बनाउन सके राम्रो हुनेछ, सिटोङ बिभाग र लाब्दा विभागको अलग व्यवस्थापन गरेर सिन्कोनामा चार व्यवस्थापकहरुलाई बढाएर पाच गर्न सकिन्छ, सिन्कोना निर्देशक अन्तर्गत मङपु र गैरीबास स्थीत गवेष्णा केन्द्रहरुको सरक्षण र बिकाश गरिन पर्छ, सिन्कोना बगानको अधिकारीवर्गको रिक्त पदहरु यथाशीग्र पुरा गरिन पर्छ, मङपु स्थित सिम्बोडीएम अर्किड पार्कको अन्य बिकाश गरि बेरोजगारवर्गलाई रोजगारको व्यवस्था सुनिशिचत गरियोस | भारतीय बजार र अन्तराष्ट्रिय बजारको मांगलाई ध्यानमा राखेर सिन्कोना निर्देशक वा प्रशासनले जम्मै प्रकारको खेतीहरु ध्यान दीई बगानमा भएको जम्मै खेतीहरुको औसत बिकाश गरियोस/स्थानीय एन.एच.पी.सी.लिमिटेडले बार्षिक भूमिकर सोझै सिन्कोना निर्देशलयमा बुझाईयोस | सन् २०१०सालमा बदोतरी गरिएको बेसिक पे.को रिभाइजको प्रक्रिया झट्टै शुरु गरियोस | सिन्कोना बगान अन्तर्गत जम्मै अस्पतालहरुमा हेल्थ डाइरेक्तोरेटमा जिम्मा लगाईयोस औ बगानको बिभागहरुमा स्थित सक्रिय डिसपेन्सरीहरुलाई चुस्त बनाई श्रमिकवर्गलाई स्वास्थ्य सहुलियत प्रदान गरियोस | टुंङमा अवस्थित सिन्कोना अन्तर्गत एल्सनगंज बंगलोलाई मर्मती गरि पर्यटन संचालन गर्न सकिन्छ औ सिन्कोना संग सम्बन्धित बस्तु एल्सनगंज बंगलोलाई नामलाई परिवर्तन गरे असल हुनेछ/सिन्कोना निर्देशक अन्तर्गत एक जना अभियन्तको नियुक्ति गरियोस साथै सिन्कोना निर्देशलय अन्तर्गत श्रमिकवर्गलाई जमीनको पर्ज्जा पट्टा झट्टै दिनुपर्छ/ सिजनललाई स्थायीकरण झट्टै गरिनपर्छ/२००७ सम्म अवकाशग्रहण गरेर बसेका कर्मचारीवर्गको बदली काम झट्टै दिईयोस/अवकाशप्राप्त वा मृतक परिवारको सदश्यलाई बगानमा अब उसो सोझै स्थायी श्रमिकमा बदली काम दियाजावस/साथै भुईचलो पिडित श्रमिकहरुलाई नयाँ घरेटिको बन्दोबस्त गर्न पर्छ तथा इनक्लोज एरियाहरु चिन्हित गरि झट्टै घरेटी बाड्न पर्छ/उक्त २१ सुत्री मांग लिएर दातडुप्लालेयु टोलीले चाडै नै सिन्कोना बिभाग जीटीए सभासद सामुएल  गुरुङलाई पनि भेट गरि ज्ञापनपत्र चड़ाउने जानकारी यूनियन सचिव गगन राईले दिएका छन |

दार्जीलिंङ तराई डुवार्स प्लान्टेशन लेबर यूनियन सिन्कोना जोन केन्द्रीय समितिले बगानको श्रमिक कर्मचारीवर्गको २१ सुत्री मांगलाई पेश गर्दै सिन्कोना बगान भारप्राप्त

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.