मङपू३जनवरी(केशर मोक्तान): एन.आर.जी.एस.का राज्य कमिसनर
दिपेन्दु सरकारले हिज अनि
आज मङपू सिन्कोना बगानको बिभिन्न
क्षेत्रमा परिभ्रमण गरे | उनले
यहाको अर्किड हाउस,रबीन्द्र
भवन,अनि चेउ खेती केन्द्र लगायत
अन्य ठाउमा परिभ्रमण गरे | यसरी
आज स्थानीय सिन्कोना बगान निर्देशालयमा
राज्य कमिसनर एन.आर.जी.एस बिषयलाई
लिएर १२ वटा खण्ड बिकाश अधिकारीवर्ग
अनि सिन्कोना बगान अधिकारीहरुलाई
लिएर एक सभा आयोजन गरे | सभामा
यदि सिन्कोना बगान श्रमिक कर्मचारीवर्ग
जब कार्ड होल्डर छ भने उनीहरुले
मनरेगा अन्तर्गत अब उसो काम
नपाउने भएको छ | सरकारले मनरेगा
योजना अन्तर्गत वेकारी जनसाधारणवर्गलाई
मात्र सय दिने रोजगार दिने
व्यस्था भएकोले अबउसो वेकारी
जनसाधारणलाई मात्र काम दिने
आजको सभाले पारित गरे | एन.आर.जी.एस
अनि सिन्कोना मिलेर पनि एनआरजीएसको
काम कुरो गर्ने सभामा छलफल गरियो भने कन्स्ट्रक्सनको
काम कुरो पन्चायत विभागबाट
गर्ने भएता पनि सिन्कोना बगान
अधिनस्त एग्रिकल्चर र हर्टिकल्चरको
कतिवटा काम कुरो एनआरजीएसको
माध्यमबाट पनि गर्न सकिने सभामा
पारित गरियो भन्ने जानकारी
सिन्कोना बगान निर्देशक डा.सामुएल
गुरुङले पत्रकारहरुलाई बताए | अबउसो
सिन्कोना निर्देशालयको माध्यमबाट
हुने एनआरजीएसको काम कुरामा
स्थानीय जबकार्ड होल्डरहरुले
पनि काम पाउने भएको छ तर उक्त
जबकार्ड होल्डर सिन्कोना बगानश्रमिक
कर्मचारी नभएको हुन् पर्नेछ | आजको
सभामा एनआरजीएस जीटीए विभागीय
अधिकारी छेवाङ पाल्जोर,जीटीए
एग्रिकल्चर,हर्टिकल्चर अनि
सिन्कोना बिभाग तक्निकी सल्हाकार .डा.जी.सी.सुब्बा,
दार्जीलिंङ अनि सिलगडी क्षेत्रबाट १२वटा
खण्ड बिकाश अधिकारी,सिन्कोना
बगान निर्देशक डा.सामुएल गुरुङ,बगानका
अधिकारीगण, जिल्ला एनआरजीएस
सेलका अधिकारीगण उपस्थित थिए | यसरी
एन.आर.जी.एस.का राज्य कमिसनर
दिपेन्दु सरकारले भोली दलगाउँ
गैरीबास सिन्कोना बगानको
परिभ्रमण गर्ने जानकारी प्राप्त
भएको छ | एग्रिकल्चर,हर्टिकल्चर,इरिगेसन
सिन्कोना बिभागहरुकोको साथमा
ब्लकले पनि मिलेर एनआरजीएसको
काम कुरो गर्नको निम्ति नै
आजको सभा राज्य कमिसनरले यहा
राखिएको जानकारी तक्दा खण्ड
बिकाश अधिकारी कलोल रोयले पत्रकारहरुलाई
जनाए | आज सम्म एनारजीयसको काम
कुरो खण्ड बिभाग अधिनस्त मात्र
हुदै थियो भने अबउसो एनआरजीएसको
काम कुरा अन्य बिभागहरु सित
मिलेर ब्लकले गर्ने जानकारी
प्राप्त भएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?