मङपुमा सुन्तला खेतीबारे प्रशिक्षण

Orange plantating practise
मङपु२७फरवरी(केशर मोक्तान): सिन्कोना उध्योग पछि सुन्तलाको खेती गरेर पनि मङपुबासी कृषक दाज्युभाईले जीविका आर्जन गरिरहेका छन | तर गत बर्ष देखि यस क्षेत्रमा सुन्तलाको रुख मरेर जाने अथवा सुकेर जाने रोगले सताएको थियो र यस बिषयमा कृषक दाजुभाई एकदमै चिन्तित थिए भने आज सुन्तलाबारे जान्ने विशेषज्ञहरुको मुताबिक यस ठाउँमा सुन्तलालाई रोग होइन सहि प्रकारले श्यारसुसार गर्ने अनि सहि समयमा मलजल नगर्दा नै सुन्तलाको रुख सुकेर जाने भएको जानकारी गराए | यस बिषयलाई चिन्तन मनन् गर्दै सिन्कोना बगान निर्देशक डा.सामुएल राईको पहलमा आज मङपु बिभाग कृषक दाजुभाइको बारीमा पुगी आईसीएआरको बैज्ञानिक डा.दिपक नयार,तक्दा एडीए कृषि बिभागका अधिकारी युनिस लेप्चा,सीडीआरआईका अधिकारी माधव छेत्रीद्वारा सुन्तला खेती कसरी गरिन पर्ने साथै सुन्तलाको फल टिपाई हुन् साथ त्यस फलको रुखमा गाईको मल दिन पर्ने र बोटमा किरा लाग्दा कसरी त्यसलाई औषधि लगाएर मार्न पर्ने बिषयमा जानकारी गराए | उनीहरुले कृषकदाजुभाइलाई  सुन्तलाबारीमा पुगी सुन्तलालाई लाग्ने रोगबाट कसरी मुक्त पार्न सकिन्छ त्यस बारे जानकारी गराउदै सुन्तलाको रुखमा औषधि पनि छरेर देखाए | आजको यस कार्यक्रममा सिन्कोना बगान व्यवस्थापक,सहव्यवस्थापक विभागीय ग्यांगम्यान लगायत चौकीदारहरु पनि उपस्थित थिए | यसरी भोली २८फरवरी२०१४ को दिन उक्त टोलीद्वारा  स्थानीय रबिन्द्र भवनमा सुन्तला खेती कसरी गर्न सकिन्छ अनि सुन्तलामा लाग्ने रोगबाट कसरी जोगाउन सकिन्छ यसबारे सचेतना शिबिर राखिएको छ | उक्त शिविरमा कृषकदाजुभाइले सुन्तलाको खेती कसरी गर्न सकिन्छ त्यस बारे बिस्तृत रुपमा जानकारी लिन सक्नेछन भने सुन्तला खेती बारेमा उक्त टोलीले डकोमेट्री सो पनि देखाउने भएको हुनाले यस क्षेत्रका सुन्तला खेती गर्ने सम्पूर्ण कृषकदाजुभाइलाई उक्त शिविरमा उपस्थित भइदिने आयोजक पक्षले अपील पनि गरेका छन |

सिन्कोना उध्योग पछि सुन्तलाको खेती गरेर पनि मङपुबासी कृषक दाज्युभाईले जीविका आर्जन गरिरहेका छन |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.