यूरासिया रेयूकाई १८वा शाखा (Eurasia Reiyukai 18th Branch) को
तत्वाधानमा आज स्थानीय रबीन्द्र
भवनमा भब्य भेला(Grand Gathering) सम्पन्न भयो | शिबुचो [ Sibucho (Branch Leader) ]
शर्मिला गुरुङले संचालन गरेको
कार्यक्रममा दोषी उपजिम्मेवार
शिबुचो सांङगे पाल्देन डुक्पाद्वारा
प्राथना गरियो | कार्यक्रमको
प्रथम चरणमा भारत साथै नेपाल
देशको राष्ट्रीय गीतबाट शुरु
गरियो | यसरी शिबुचो आशिष गुरुङले
स्वागत सम्भाषण राखे पछि संचालन
समिति अध्यक्ष निमा लामाद्वारा
युराशिया रेयूकाई १८वा शाखाद्वारा
आयोजित सन २०१३ को शैक्षिक एवं
सामाजिक क्रियाकलापको प्रतिवेदन
पढेर सुनाए | शिबुचो पी.टी.शेर्पा
र होजासु रजत तामांङले व्यक्तिगत
अनुभवी घोषणा गरे | होजासु रिन्कु
गुरुङले युवाहरुमा अपील घोषणा
अनि शिबुचो रबिना प्रधानद्वारा
महिलाहरुमा अपील घोषणा गरे | खुशीको
सन्देश व्यक्त गर्दै कुर्शिंङ
शेर्पाले विश्व शान्तिको निम्ति
मानव भएर पुर्खाहरुप्रति प्राथना
गर्दै उनीहरुप्रति आभार ब्यक्त
गरे | कार्यक्रममा मिहात जिमेवार
शिबुचो लावंङ तामाङले समारोहमा
उपस्थित सबैलाई अभिवादन गरे | यसरी
दोश्रो चरणको कार्यक्रममा
सेन्ट एन्थोनी स्कूलका नानीहरुले
बाल गीत प्रस्तुत गरे भने सन्त
मंगल स्कूलका नानीहरुले देशभक्ती
गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध
पारे | आजको कार्यक्रममा मङपुका
समाज सेवी सिठु मोक्तान अनि
शशिभुषण राईलाई यूरासिया रेयूकाई
संचालन समिति अध्यक्ष निमा
लामाद्वारा सम्बर्धना पत्र
हस्तान्तरण गर्दै सम्मान जनाइयो | सांगीतिक
कार्यक्रममा कर्म शेर्पा अनि
कर्म एकडेमीका नानीहरुले गीत
प्रस्तुत गरे भने उक्त कार्यक्रमको
संचालन सुरेखा गुरुङले गरेका
थिए |