२७ मार्च (सञ्जीव छेत्री)
: ३१-ए राष्ट्रिय राजमार्ग
संलग्न सिटोङ-लाटपन्चर समष्टिअन्तर्गत
पर्ने दस माइल बनबस्तीमा आज
गोर्खा जनमुक्ति मोर्चाको
सभा सम्पन्न भएको समाचार प्राप्त
भएको छ | आगामी लोकसभा चुनावमा
मोर्चा समर्थित उम्मेदवार
एसएस अहलुवालियालाई मतदान
गरि विजयी तुल्याउने बिषयमा
जनसाधारणलाई आव्हान गर्दै
राखिएको उक्त सभा स्थानीय जगत
राईको सभापतित्व अनि गोर्खाल्याण्ड
क्षेत्रीय प्रशासन कार्यकारी
सभासद रतन थापाको प्रमुख उपस्थितिमा
दस माइल बनबस्ती सार्वजनिक
भवनमा सम्पनन भएको थियो |
सभामा बोल्दै जीटीए
कार्यकारी सभासद थापाले – गोजमुमोको
उदयअघि यतिका वर्ष सेभोक अनि
संलग्न क्षेत्रका जनताले बङ्गालको
राजनीतिक पार्टीलाई समर्थन
अनि मत दिएर एक छेस्को केहि
नपाएको बताएका थिए | ३१-ए राजमार्गबाट
संलग्न क्षेत्रमा पस्ने छोटो
दुरीका सडकहरु सम्म पनि आजसम्म
पक्कि बनिन नसकेको अनि क्षेत्रका
जनता हात्तीको उपद्रोसंग सदैव
त्रस्त बनेर रहनुपर्ने भए पनि
सरकारपक्षले कुनै ठोस कदम नउठाउने
गरेको उल्लेख गर्दै तिनले मोर्चाले
मात्र उक्त सबै समस्याको निम्ति
गम्भीर भएर सोचिदिने गरेको
बताए | क्षेत्रका भुक्तभोगी
जनताको निम्ति रोजगार र आम्दानीको
दरिलो र अडिलो माध्यम खोजिनिकाल्न
आवश्यक रहेको उल्लेख गर्दै
थापाले बनविभागको अधिनमा ती
क्षेत्र पर्ने हुनाले केहि
तकनिकी समस्या रहेको भए पनि
सो समस्याहरु समाधान गर्ने
पहल चलिरहेको बताएका थिए |
सेभोकका मोर्चा कार्यकर्ता
सुरज लामाद्वारा सञ्चालित
सभामा मोर्चा दस माइल शाखा
सभापति गंगे रोका, सिटोङ – लाटपन्चर
समष्टि सभापति प्रमोद राई,
सचिव जगत थापा, अनि अन्यले पनि
सम्बोधन गरेका थिए | संगठनिक
विषय साथसाथै यसपल्टको लोकसभा
चुनावमा मोर्चाद्वारा समर्थित
भाजपा उम्मेदवारलाई भोट दिने
आव्हान वक्ताहरुले गरेका थिए
| स्थानीय वक्ताहरुले पनि धेरै
अघिदेखि बंगालका अन्य पार्टीलाई
सघाएर आएको भए पनि कुनै उपलब्धि
हासिल हुन् नसकेको भन्दै जाति
र माटोको निम्ति यसपल्टको सभामा
मोर्चासमर्थित प्रार्थीलाईनै
मतदान गर्ने बताएका थिए |
सभामा समष्टि कमिटि
सांगठानिक सचिव सेखर थापा,
साङ्गे लामा, सचिन छेत्रीलगायत
क्षेत्रका वृद्धदेखि युवा,
नारी कार्यकर्ता अनि समर्थकहरु
उपस्थित रहेको समष्टि कमिटिद्वारा
एक विज्ञप्तिमार्फत जनाइएको
छ |