गत शुक्रबार मङपूदेखि
दार्जीलिंग चल्ने दैनिक सेवाको
सवारी वहान डब्ल्युबी ७६/५८२१
सदा झैं मङपू फर्कीरहेको समय
जोरबङला र गड्डीलाइनको बिचमा
अचानक नियन्त्रण हराउँदा बाटोदेखि
प्राय: ३० फुट तल झरेर वहानमा
सवार सम्पूर्ण यात्रीहरु घाइते
भएको छ भने एक जनाको मृत्यु
भएको जानकारी जोरबङला पुलिस
थानाबाट प्राप्त भएको छ | १३
जना यात्रीहरु बोकेको वहान
यसरी दुर्घटनामा पर्दा सबै
नै घाइते भएका थिए भने नजिकको
तीन माइल, गड्डी लाइनका मानिसहरु
अनि पुलिस विभागको सक्रियतामा
सबैलाई दार्जीलिंग सदर अस्पतालमा
उपचारको निम्ति पुराइएको थियो
जस मध्ये लाब्दा बिभाग निवासी
७२ वर्षीय फूलमाया तामांगले
अस्पताल पुगेको केही क्षणमै
दम तोडेको छ | उनलाई टाउकोमा
चोट लागेको थियो | साँझ प्राय:
४ देखि ५ बजे भित्रमा भएको यस
दुर्घटनामा परेका घाइतेहरुमा
धेरै जसोलाई सामान्य चोट लागेको
हुँदा सदर अस्पतालमा उप्चाराधीन
छन् भने ती मध्ये तीन जनालाई
शुक्रबार राति नै सिलिगुडी
रेफर गरिएको थियो जसमा एकको
अवस्था सोंचनीय रहेको थाहा
लागेको छ | अन्य यात्रीहरु संगै
वहान चालक रोमन तामांग पनि
सदर अस्पतालमा उपचाराधीन छन्
|
मङपूको गाडी दुर्घटनामा एकले ज्यान गुमायो
07May2016
Post a Comment