गोर्खाल्याण्ड मुद्दा लिएर राजनीति गर्न चाहँदिन,पहाडमा शान्ति र बिकाश ल्याउन चाहन्छु: भाईचुङ

Bhaichung - baichung tmc candidate  bhutia in Mungpoo
मङपु१५मार्च: चुनाव प्रचारको निम्ति पार्टीका दलबल सहित टीएमसी लोकसभा प्राथी भाइचुङ भूटिया आज प्रथम चोटी मङपु आइपुगे | उनले स्थानीय पीडब्लुडी बंग्लोमा मङपु क्षेत्रका पार्टी समर्थकहरु सित भेट गरे | लोक सभा प्राथी भाइचुङ भूटियाले पत्रकारहरु सित सम्बोधन गर्दै म जनताको सेवा गर्न आएको हु गोर्खाल्याण्ड मुद्दा लिएर म राजनीति गर्न चाहदिन पहिले म दार्जीलिंङमा शान्ती र बिकाश गर्न चाहन्छु | अन्य विपक्षीय नेताहरुले आज मलाई राजनैतिक ज्ञान नभएको व्यक्ति भन्दैछ तर आज आफु सित राजनैतिक ज्ञान नभए पनि इमान्दारिता रहेको बताउदै इमान्दारिता रहेको कारण नै आज जनताको सेवा गर्न आएको हु भने | आज भारतबाट इमान्दारितापुर्बक फुटबल खेलाडी रहेर खेलेको बताउदै राजनैतिक मैदानमा पनि इइमान्दार काम गर्ने छु भनि जनाए | दार्जीलिंङमा व्यापक बेरोजगारको समस्या रहेकोले अब दार्जीलिंङका बेरोजगार युवाहरुलाई रोजगार दिलाउनु छ र यहाँ शान्ती र गणतन्त्र बहाली फर्काइ ल्याउनु छ भनि उनले बताए | तृणमूलमा आउनुको अर्थ कसैलाई बदलाको भवना लिनु होइन स्वार्थपूर्ति गर्नु होइन,यदि त्यस मूलधारालिएर कोही पनि टीएमसीमा  आएको छ  भने त्यस्ता विचार धारा रहेका कार्यकर्ताहरुले आज नै पार्टी त्यगी दिने सल्लाह दिए | ग्राउण्ड रियालिटी  आज भाजपालाई थाहा छैन  म ग्राउण्ड रियालिटी गएर काम गर्न चाहन्छु | भूमिपुत्र एक दुईजना राजनैतिक नेतागणले निकालेको कुरा मात्र हो, आज पहाडमा भूमिपुत्र कुरा गर्ने नेताहरुले किन पंजाबबाट प्राथी ल्याउन पर्यो भनि प्रश्न भाइचुङ भूटियाले गरे | यदि दार्जीलिङमा शान्ती र बिकाश ल्याउन चाहन्छ भने र पहाडको निम्ति माया छ भने अन्य पार्टीलाई पनि टीएमसीमा दैलो  खुल्ला छ भनि जनाए | जनताले राजनैतिक नेताहरुलाई  भगवान जस्तो मान्छन र त्यसमा परिवर्तन ल्याउन पर्छ | जनता सचेत बन्नु पर्छ राजनैतिक नेतालाई भगवान बनाउने जनता नै हो र यस प्रथालाई हटाउदै सहि नेता चुन्नु जनताले सक्नु पर्छ | इमान्दारपुर्बक जनताको सेवा गर्नु नै राजनीति हो तर आज त्यसो भएको छैन तर म इमान्दारपुर्बक जनताको सेवा गरेर राजनीति गर्न चाहन्छु तृणमूल पार्टीको मुद्दा पनि शान्ती र बिकाश रहेको बताए | आज लोकसभा प्राथी भाईचुङले मङपु डिनछेन सेरप छोइलिंङ गुम्बामा गई पुजा अर्चना गरे पछि उनले पैदल यात्रा गर्दै मङपु स्थीत नालीडाड़ा परिसरमा रहेको जनता सितभेट गर्दै सबैको समस्य बारे जानकारी लिए | यसरी मङपु बिभाग स्थीत टीएमसी पार्टी कार्यलयमा पुगी पार्टी समर्थकहरु सित भेट गरे | आज उनको साथमा हिल टीएमसी सचिव एन.बी.खवाश,टीएमसी युथ नेता बुपेन्द्र लेप्चा लगायत मङपु क्षेत्रका पार्टी कार्यकर्ता उपस्थित थिए |

चुनाव प्रचारको निम्ति पार्टीका दलबल सहित टीएमसी लोकसभा प्राथी भाइचुङ भूटिया आज प्रथम चोटी मङपु आइपुगे

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.