मङपु
पुलिस सुत्रले बताए अनुसार मंगलबारको साँझ अचानक हानेको चट्याङले लाब्दा बिभाग निवासी
भीमकुमार तामांङको
घटना स्थलमा नै मृत्यु भएको छ | स्व तामाङ स्वास्थ्य कर्मचारी हुन् भने उनी
त्यस दिन आफ्नै घरमा काम गरिरहेको समयमा नै अचानक चट्याङ लागेर मृत्यु भएको पुलिसले
बताएको छ
| दिउँसोदेखि नै जोडले चलिरहेको हुरी संगै हल्का पानी परिरहेको समय अचानक बज्रपात
भएर वहाँको घटनास्थल मै मृत्यु भएको जानकारी छ | हिज स्व भीमकुमार तामांङको सवलाई पोसमर्टमको
निम्ति दार्जीलिंङ पठाइएको थियो | स्व तामांङको टाउको अनि शरीरमा चट्याङ लागेर चोट परेको जानकारी छ | यसरी
आज उनको पार्थिव शरीरलाई अन्तिम बिधाई दिइयो |