मङपुमा टीएमसीको जनसभा,पार्टी नखोल्नुमा प्रो० लामाको स्वार्थ छ,क्रामाकपा बोन्साई पार्टी हो - छेवाङ भूटिया

chewang bhutia
मङपु८अप्रेल(केशर मोक्तान) : टीएमसी मङपु सिम्ले शाखाद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टी जिल्ला युथ सभापति छेवाङ भूटियाले सिन्कोना बगानका दाजु - भाई दिदी - बहिनीले टीएमसी पार्टी यहा जन्माएको म महशुस गर्छु भन्दै यो फाइदा यहाको जनताले गुमाउन हुदैन र हामी सिन्कोनाबासीको साथमा छौ भनि जनाए | हामीले भाईचुङ भुटियालाई बहुमत भोट दिएर जीताउनु पर्छ भन्दै हामीलाई तृणमूल सरकारले जीटीए र जुलाईमा  दुई स्तरीय पन्चायत चुनाव  उपहार दिन्छु भन्दैछ | धेरै पार्टीको मान्छे आएर सिन्कोनाबासी जनतालाई गलत निर्देशन गर्दैछ यसमा सबै सचेत हुने अह्वान गरे | आज निर्दलीय प्राथी महेन्द्र पी.लामाले किन पार्टी खोल्नु भएन भनि प्रश्न गर्दै छेवाङले पार्टी भनेको हाम्रो सहारा हो | उनले आज लामाले पार्टी  नखोली निर्दलीय प्राथी बन्नुमा लामाको ठुलो स्वार्थ लुकेको छ भनि आरोप लगाए | भोली महेन्द्र पी.लामा  हारेको खण्डमा जनताले उनलाई कहाँ खोज्न जाने भनि प्रश्न गरे | आज लामाले पार्टी खोलेको भए म पनि सहयोग गरेको नै हुन्थे भनि जनाए | क्रामाकपा पार्टी इमान्दार पार्टी होइन यो पार्टी बोन्साई गरेको पार्टी हो घरि छैटौ अनुसूचीलाई स्वागत गर्छ घरि बिरोध गर्छ यो पार्टी गनेउला हो क्या भन्दै क्रामाकपा नेता आर.बी.राईले पनि ससदमा कहिले पनि गोर्खाल्याण्ड कुरा उठान नगरेको छेवाङले बताए | हामी जनताको भावना बेच्ने पार्टी होइन | राज्यकी मुख्यमन्त्री ममता ब्यनारजीले पहाडलाई स्विजरल्याण्ड बनाउछु भनेको छ त्यो उनको कन्सेप्ट हो तर स्विजरल्याण्ड तपाई हामीले नै बनाउनु पर्छ र यसपल्टको चुनावमा टीएमसीप्राथी भाईचुङ भूटियालाई बहुमत भोट दिएर विजय बनाउने छेवङले सबैलाई अपील गरे | अर्पणदीप थापाले संचालन गरेको सभालाई सम्बोधन गर्दै आईसीडीएस सभापति पेमा मोक्तानले सिन्कोना बगानमा धेरै नै भ्रष्टाचार भएको आरोप लगाउदै सिन्कोना बगानलाई राज्यका मुख्यमन्त्री ममता ब्यनारजीली ८ सय कड़ोर दिएको खुलासा गरे र  उक्त रकम  कहाँ पुगेको छ भनि  उनले प्रश्न राखे | आज टीएमसी पार्टीले पहाडमा गणतन्त्र फर्काएको ठोकुवा गरे | आज गोजमुमोको १०जना सभासद र दुई बिधायकले टीएमसी जोइन गर्ने कुरा गरिरहेको औगत गराउदै हामीलाई नेता होइन जनता चाहिन्छ भनि सभामा जनाए | मोक्तानले पहाडमा बिकाश  र अर्थनीति हुनुपर्छ भन्दै राज्यसरकारले आईसीडीएसमा दश हजार पुरुष महिलालाई भर्ण  गर्ने योजना रहेको जनाए | अर्को बक्ता दुर्गा खरेलले भूपू  संसद जसवन्त सिहप्रति ख़ोईरो खन्दै पाच बर्षमा आएको २५ कड़ोर जसवन्तले कुन चरालाई  खुवाए यो हामीलाई  थाहा छैन भन्दै जसवन्तले दार्जीलिंङ जनताले छलेको कारण नै आज उनलाई पाप लागेको हो भने | आज टीएमसीको लोकसभा प्राथी भाईचुङ भुटिया इमान्दार व्यक्ति रहेको र उनि सित हाम्रो भाषा र संस्कृति मिल्छ भन्दै भाजपा प्राथी एस.एस अलुवालिया संग केहि नमिल्ने बताए | आज भाजपाले हाम्रो छुट्टै राज्यको मांगलाई दरकिनार गरेर तेलंगना राज्यको गठनमा सहयोग पुराएको बताउदै आज भाजपाले प्राइभेट मेम्बर बील सम्म पनि लयेको भए जनतामा भाजपा प्रति बिश्वाश रहने थियो भनि जनाए | गणतन्त्रमा ब्यावस्था तर शान्ती पहिला चहान्छौ र आज पहाडमा टीएमसीले गणतन्त्र फर्काइ लयेको छ | गोजामुमो नेताहरु जादुवालाहरु हो भन्दै  यो पार्टीको कुनै रोडम्याप नभएको आरोप लगाउदै टीएमसी पार्टी नेता मिरेन लामाले गोजामुमोले २८वटा समष्टिलाई बिभाजन गरेर ४५ वटा बनाएर गाग्रीलाई फुटाएर दियो बनाउने काम मात्र गरेको अभियोग लगाए र लुटेराहरुको संख्या ४५ बनाएको बताए | आज टीएमसी आएर गोजमुमोको नेताहरुलाई सिन्कोना बोक्रा बाहिर लगेर बेच्नुमा रोक लगाएको छ भन्दै आज कुलैन कारखाना चल्यो भने गोजमुमोको ट्रेड युनीयनलाई नोक्सान हुन्छ कारण उनीहरुले  कुलेंन बोक्राको टेन्डर गर्नु पाउदै नाफा र कमिशन नेताकोमा  पुग्नु पाउदैन भनि मिरें लामाले आरोप लगाए | हामी  सबै भन्दा पहिला कारखाना चलाउने छौ र चुनाव पश्चात सिन्कोना बिभगीय मन्त्री यहा लेउने प्रबन्ध गर्दैछौ अनि सिन्कोना उध्योगलाई हामीले वल्ड हेरिटेजको दर्जा दिनपर्छ  साथै  सिन्कोना उध्योग विकास बोर्ड हुन् पर्छ भनि राज्य सरकार समक्ष  मांग गरिरहेको पार्टी नेता मिरें लामाले जनाए | सिन्कोना उथानको निम्ति सबैले यसपाली तृणमूल प्राथी भाईचुङ भुटियालाई भोट दिने अपील गरे | पार्टी नेता यु.सी.योन्जनको अध्यक्षतामा सम्पन्न भएको सभामा चमन प्रधान,करुणा गुरुङ,गोपाल छेत्री, शारदा सुब्बा,संजय थापा आदिले सम्बोधन गरे |

टीएमसी मङपु सिम्ले शाखाद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टी जिल्ला युथ सभापति छेवाङ भूटियाले सिन्कोना बगानका दाजु - भाई दिदी - बहिनीले टीएमसी पार्टी

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.