जति जति बंगालबाट टाड़यौ त्यति हामी गोर्खाल्याण्डको नजिक हुन्छौ - महेन्द.पी. लामा

DDUDF Jansabha in Mungpoo - Mahendra P lama
मङपु२अप्रेल(केशर मोक्तान) भारत स्वतन्त्र भएको ६७ बर्षमा संसदमा गोर्खाल्याण्डको आवाज ८ पल्ट मात्र उठ्न सकेको छ र छुट्टै राज्य प्राप्त गर्नको निम्ति संसदमा बाराम्बार आवाज बुलन्द भएको हुनु पर्छ अनि केन्द्र सरकारको उच्च ओहदामा  बसेर काम गरेको कारण एव मन्त्रालयको तन्त्र,मन्त्र र यन्त्र थाहा भएको हुनाले हामी यहा निस्केका हौ   र तन्त्र मन्त्र र यन्त्र  चलाएर नै  हामी छुट्टै राज्य बनाउन सक्छौ | हामी जति जति  बंगालबाट टाडो हुन्छौ त्यती नै हामी गोर्खाल्याण्ड राज्य प्राप्त गर्न नजिक हुन्छौ भन्ने कुरो मङपुमा डीडीयुडीएफद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै दार्जीलिङ लोक सभाको निर्दलीय प्राथी डा.महेन्द्र पी लामा(Dr. Mahendra P Lama)ले उक्त मन्तब्य जाहेर गरे | उनले दार्जीलिङ क्षेत्रलाई पनि नर्थ इस्ट काउन्सील(North East Council) मा गाब्नु पर्छ भन्दै अहिले सम्म भारतको को ८वटा राज्य नर्थइस्ट काउन्सीलमा पसिसकेको बताए | लामाले यदि दार्जीलिंङ नर्थइस्ट काउन्सीलमा पसेको खण्डमा अघोषित राज्य हुनेछ भन्दै नर्थइस्ट काउन्सीलमा राज्यको मुख्यमन्त्री अनि राज्यपाल सदश्य हुन्छन साथै सरकारको प्रत्येक मन्त्रालयबाट १० प्रतिशत बजेट नर्थइस्ट काउन्सिलमा आउने गर्छ जुन बजेट फर्केर नजाने बताए | सिक्किम पनि नर्थइस्ट काउन्सिलमा अन्तर भुक्त भएकोले आज त्यस राज्यमा जाने सडक दार्जीलिङ भित्र पर्ने भएकोले हामी संसदमा यस क्षेत्रलाई पनि उत्तरपुर्बी राज्यमा बनाउन चाहछौ | जब सम्म यहा त्रिस्तरीय पन्चायत ब्यावस्था हुदैन तबसम्म यहा बिकाश हुदैन भन्दै यहा हामी त्रिस्तरीय पन्चायत राज ब्यवस्था ल्याउन चाहन्छौ | यहा पंचायती व्यवस्था राज नआएको २२ बर्ष भयो | ११९२ सालमा भारतको संबिधानमा दागोपापमा  त्रिस्तरीय  पन्चायत व्यवस्था  लागु हुदैन भनेर लागु भएको कारण यस व्यस्था यहा लागु नहुने बताए | संसदमा पुग्न साथ हामी यस कुरालाई संसदमा संसोधन गरि दार्जीलिंङ क्षेत्रमा त्रिस्तारीय पंचायत व्यवथा लागु गराउन चाहन्छौं अनि जुन दिन यहा पंचायती ब्यावस्था आउछ भारत सरकारको जम्मै काम हाम्रो काखमा आउछ भनि जनाए | पन्चायत व्यवस्था राज ल्याउन साथ जीटीए सुक्छ,जीटीए को नेताले हेप्नु सक्दैन,नेताको गोजी सुक्छ भनेर यहा पन्च्यात व्यवस्था ल्याउन चाहदैन भनि जनाए | बिकाश गर्ने पद्वती  र नेता नै यहा नभएको बताए | राज्यको सेकन्ड ह्याण्डको पैसा थाप्नु हुदैन दिल्लीमा योजना आयोगमा जानु पर्छ | योजना आयोगबाट १९८९ सालमा १४३ कडोर हामीले दार्जीलिंङ ल्याउन सफल भएको भन्दै त्यस पछि दागोपाप र जीटीए दिल्ली योजना  आयोगमा कोष ल्याउन नगएको र केवल सेकेन्डह्याण्डको पैसा थाप्न मात्र यहाको नेताहरु कोलकत्ता पुग्छ भन्दै व्यंङग कसे | उनीहरु बंगाल संग नजिक भएको कारण नै आज हाम्रो हालत यस्तो भएको छ | यहाको बिकाश गर्नु बंगालको पैसा चलाउनु हुदैन भारत सरकारको पैसा चलाउनु सक्नु पर्छ भारत सरकारले दिदैन भने विदेशबाट पनि हामी पैसा ल्याउन सक्छौ अनि यही काम गर्न हामी आज निस्केको छौ | देशको हिमाली राज्यहरुमा हामी मात्र कर तिर्छौ  र हामी पनि दार्जीलिंङलाई अन्य हिमाली राज्य झैँ करमुक्त बनाउन चहान्छौ र यस कुरा पनि हामी संसदमा उठाउछौ भनि लामाले बताए | भारत सरकारको माथिलो तहमा बसेर  काम गरेको हुनाले केहि बर्ष अघि डा लामाले दार्जीलिंङका भूपू संसद जसवन्त सिह सित भेट गर्दा उनले गोर्खाल्याण्डको बिषयमा बोलिदिनुहवस भन्दा संसदमा गोर्खाल्याण्डको अवाज उठाए उनलाई भाजपाबाट नै निष्कासित गरिदिने कुरो गरेको सभामा बताए | हेबिवेट भनेर ल्यायो मान्छे चै लाइटवेट रहेछ जसवन्त सिह भन्दै भाजपाले सिट नदिने मान्छेलाई अथवा नेता एस.एस.अलुवालियालाई  आज फेरी यहा भोट माग्न पठाएको छ भने उनले आज एस.एस.अलुवालियालाई गोर्खाल्याण्डको लागि ल्याइएको  या त नेताले आफुलाई बचाउन यहा ल्याइएको हो र हजुरले दार्जीलिंङ क्षेत्रबाट लोकसभा प्राथी बन्छु भनेर कसरी सोच्नु भयो र त्यसमा यहाको नेता सित के नेगोसेशन भयो भनि  जनताले प्रश्न गर्नु पर्छ भने | आज ममताले दिल्ली र दार्जीलिंङ नचिन्ने मान्छे भाईचुङलाई यहाको लोकसभा प्राथी बनएको लामाले आरोप लगाए | अबको गोर्खाल्याण्डको आन्दोलन दिल्हीको संसदमा हुन्छ र अब बुद्दी र शिक्षाको आन्दोलन हुन्छ |  लामाले आफ्नो नानीहरुको भविष्यको निम्ति यसपल्ट महेन्द्र पी लामालाई भोट दिने अपील गरे | आजको सभामा क्रामाकपा प्रबक्ता अरुण घतानी,डीडीयुडीएफ प्रबक्ता पी.अर्जुन र पेमा लामाले सम्बोधन गरे भने भरत थापा र धुर्ब मुख्याले संचालन गरेको सभामा सभाध्यक्ष सुबास राईले आभार व्यक्त गरे | 

भारत स्वतन्त्र भएको ६७ बर्षमा संसदमा गोर्खाल्याण्डको आवाज ८ पल्ट मात्र उठ्न सकेको छ र छुट्टै राज्य प्राप्त गर्नको निम्ति संसदमा बाराम्बार आवाज बुलन्द भएको हुनु पर्छ अनि केन्द्र सरकारको उच्च ओहदामा

Read latest post filed under mungpoo news, political news

Contact Form

Name

Email *

Message *

Powered by Blogger.