भूतपूर्व बिधायक एनबी छेत्रीको उपस्थितिमा मङपुमा गोरामुमोको ३५ वां स्थापना दिवश पालन

GNLF Mungpoo celebrates 35th foundation day with Former MLA NB Chettri
मङपु५अप्रेल(केशर मोक्तान): आज स्थानीय रबीन्द्र भवनमा गोरामुमोले ३५ वा स्थापना दिवश पालन गरे | सभालाई सम्बोधन गर्दै भूतपूर्व बिधायक एवं गोरामुमो केन्द्रीय समितिका नेता एन.बी.छेत्रीले हरियो झण्डा जन्मिएको ३५ बर्ष भयो आजको दिनमा यो झन्डा जन्मिएको थियो यो कस्तो कुण्डलीमा जन्मिएको थियो कि यो झण्डाले सीआरपी,पुलिसदेखि लिएर सात बर्ष सम्म चै हाम्रै दाजुभाइ सम्म पनि लड्न पर्यो | हरियो झन्डा अझै पछाडी गएर को - कोसित लड्नु र भिड्नु पर्ला त्यो केहि ठेगान नै छैन तर लड्नु पर्ने चै आफ्नो लागि होइन जातिको जगेराको निम्ति हो,हामी व्यक्ति अर्थहिन हौ तर जाति बचाउनु ठुलो कुरा हो | भारत बर्षमा गोर्खाजातिको राजनैतिक हक र सुरक्षा प्रश्न सूचक चिन्हले घेरेको छ | सबिधानमा भएको धारा अनुसार राष्ट्रिय सुरक्षा जातीय अस्मीताको लागि मांग गर्दा हामीलाई भारत सरकारले अविश्वास गर्ने मनोभाव छ | अरुले संवैधानिक  हक पाउने र राज्य पाउने हामीले नपाउने यो भेदभाव किन ? जति बेला भारतबर्षलाई संकट पर्छ र जाति बेला विदेशको आक्रमण हुन्छ सिमानामा मर्ने त हामी नै छौ र गोर्खा जातिले सुरक्षा दिएन भने भारत बर्ष नै रहदैन तर आज त्यसको कदर भारत बर्षमा किन हुदैन यो कुरा छ | स्थापना दिवशमा बोल्दै एन.बी छेत्रीले जातिको जगेरा हुनु पर्छ भन्दै यो जातिले शिर उचालेर हास्नु पार्छु र हामी सबै गोर्खा जाति एक मुठी भएर लड्नु पर्छ भन्ने सबैलाई अपील गरे | आज म औधी खुशी छु कारण जातिको सुरक्षा दिने हरियो झण्डा सात बर्ष पछि फेरी फरफराएको छ | आज हामीलाई आफ्नैहरुले ठग्न थालेको छ र सबै चंखो हुनुपर्छ | सुबास घिसिंङले १९८० सालमा रोपेको बिजले  त्यती बेला मात्र फल्छ जतिवेला राजनैतिक सुरक्षा पाएको हुनेछ | हरियो झण्डाले कसैलाई जुलुस नहिड़ाई,चन्दा नमागी र बन्द नगरी घिसिंङको आफ्नै बलबुतामा राज्यसभाबाट छैटौंअनुसूचीको बील पास गराएर  दिल्ली पठाएको थियो तर जातिभित्र लडाईं हुन्छ भनेर हाम्रै नेताहरुले छैटौंअनुसूची रोक्नु लगायो | यदि छैटौंअनुसूची भएको खण्डमा लडाई हुने थिएन त्यसमा लेजिस्लेटीभ पावर थियो,कानुन बनाउने क्षमता थियो हाम्रो दागोपापको आफ्नै राज्यपाल हुने थियो,हामी धेरै माथि हुनेथियौ तर आज सातबर्ष पछि आएर हामी हाम्रो ठाउमा कर मुक्त हुनु पर्छ भन्ने थियौ | आज छैटौं अनुसूची भएको खण्डमा नर्थ इस्ट काउन्सिल(North East Council) मा यस क्षेत्रलाई  गाभ्न सजिलो हुने थियो र छैटौंअनुसूची नर्थ इस्ट काउन्सिलमा पुग्ने आधार हो भनि जनाए | आज यहाका नेताहरुको कारण सात बर्ष सम्म हामीले छैटौं अनुसूची नपाएर धेरै नै पछि परेका छौ | विपक्षी नेताहरुलाई प्रहार गर्दै पुर्ब बिधायक छेत्रीले १० रुपिया नहुने नेता कड़ोरपति भयो भन्ने व्यंग्य कस्दै हाम्रो गोर्खा जाति सात बर्ष डुबाएको आरोप लगाए | उनले आज जनताको कलमा पानी छैन तर नेताको  ट्यांकीमा पैसा भरिएको तुक्का कसे | जुन समयमा जे निर्णय लिनु पर्छ गोरामुमोले सहि निर्णय लिएको हुनेछ र हिज ४ अप्रेलको दिन पनि हरियो झण्डाले सहि निर्णय लिएको बताउदै १७ अप्रेलको दिन टीएमसी प्राथी भाईचुङ भुटियालाई बहुमत दिएर विजय गराउने अपील गरे | आज गोरामुमोलाई गोर्खाल्याण्ड बिरोधी र माटो बिरोधी  भन्ने दोष आयो तर  गोर्खाल्याण्ड हामीले जन्माएको हाम्रो मुद्धा हो र गोर्खाल्याण्ड हामीले ल्याउन सके भने सकेउ नत्र गोर्खाल्याण्ड भन्दा भन्दा हाम्रो प्राण जान्छ र हामी कसरी गोर्खाल्याण्ड बिरोधी भयौ भनि प्रश्न राखे | आज गोजमुमोको तीन बिधायक ट्रेजरी एसम्ब्लीमा बस्छ र उनीहरु तीनैजनाले राज्यसभाको चुनाव टीएमसी प्राथीलाई मत खसाले साथै मोर्चा अध्यक्ष बिमल गुरुङले केहि दिन अघि कोलकत्ता पुगी  टीएमसीको झन्डा पक्रेर  हल्लाउदा  उनीहरु माटो बिरोधी भएन तर आज गोरामुमोले पहाडको छोरो भाईचुङ भुटियालाई सहयोग गर्दा कसरी  हामी माटो बिरोधी भयौ भनि प्रश्न राखे | १० मार्च २०१०मा गोर्खाल्याण्ड ल्याउन सकिन भने गोली ठोकेर मर्छु भनेको थियौ तर खोई भन्दै मोर्चा नेता माटो बिरोधी रहेको सज्ञा दिए | एन.बी छेत्रीको अध्यक्षता सम्पान भएको सभामा गोरामुमो समष्टि सयोजक के.बी.गुरुङ,पार्टी नेता दिलीप राई,शम्बू छेत्री,चमन प्रधान,मिलन शेर्पा आदिलेले सम्बोधन गरे | आजको स्थापना दिवश समारोहमा गोरामुमो अनि टीएमसी समर्थकहरु सयुक्त रुपमा उपस्थित थिए |

आज स्थानीय रबीन्द्र भवनमा गोरामुमोले ३५ वा स्थापना दिवश पालन गरे | सभालाई सम्बोधन गर्दै भूतपूर्व बिधायक एवं गोरामुमो केन्द्रीय समितिका नेता एन.बी.छेत्रीले हरियो झण्डा

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.