लोकसभा चुनाव पछि पनि टीएमसी गठन हुने क्रम जारी

Trinamool Congress logo
मङपु२०अप्रेल(केशर मोक्तान): लोकसभा चुनाव सकेता पनि पहाडमा टीएमसी गठन हुने क्रम जारी देखिएको छ | लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने रोङचोङ बस्तीमा पार्टीका  समष्टि सचिव पवन बलको अध्यक्षतामा एक सभा सम्पन्न भयो | यसरी आज रोङचोङ  शाखा गठन गरियो जसको सभापति हरि मिश्र,उपसभापति दुई पावल सुनवार निमा तामांङ,सचिव सलछिरिंङ लेप्चा,सहसचिव पेम्बा तामांङ,कोषाध्यक्ष ज्ञानी राई लगायत पाच जना कार्यकारिणी सल्हाकार अनि १४जनालाई सदस्यको रुपमा चयन गरियो | नवगठित शाखा समितिका प्रतिनिधिहरुलाई शुभकामना व्यक्त गर्दै लाब्दा मङपु समष्टिका मूल सचिव पवन बलले संगठनको उतरउतर प्रगतिको कामना गरे साथै  क्षेत्रीय बिकाशमा सबैले अचारंबद्दा भई इमान्दारीपुर्बक जनताको हितमा कार्य गर्ने अपील गरे | सचिव बलले १६वा लोकसभा चुनावमा टीएमसी   प्राथी भाईचुङ भुटियाको पक्षमा मतदान गर्ने समग्र मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै यस पल्ट भाईचुङको जीत निशित रहने बताए | गणतान्त्रिक देशमा निडर भई आफ्नो मताधिकारलाई सुरक्षित गर्ने जनता जनार्दनलाई पनि आभार व्यक्त गरे | धेरै बर्ष अघि देखि अधुरो रहेको लोहापुल देखि रोङचोङ भित्रिने सडक बिषयमा बोल्दै सचिव बलले यस सडक अधुरो रहनुको रहश्य चाडै खोजेर निकाल्ने बचन ग्रामबासलाई दिए | सभामा लाब्दा मङपु समष्टि सयोजिका रेजिना गुरुङले पनि सम्बोधन गरिन भने त्यस सभामा उपसभापति बी.एस.राई,आईएनटीयुसी मङपु जोन सभापति निलकुमार गुरुङ,मङपु बिभाग सचिव  सुबास छेत्री लगायत अअन्य पार्टी कार्यकर्ताहरु उपस्थित रहेका थिए भन्ने जानकारी समष्टि सहसचिव अर्पण दीप थापाले एक बिज्ञप्ती मार्फत दिएका छन |

लोकसभा चुनाव सकेता पनि पहाडमा टीएमसी गठन हुने क्रम जारी देखिएको छ | लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने रोङचोङ बस्तीमा पार्टीका समष्टि सचिव पवन बलको अध्यक्षतामा

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.