कालेबुङ बिधुत बिभागले हालमा
चारैतिर बिधुत मर्मत गर्ने
कार्य गरिरहेको जान्नमा आएको
छ | आगामी आइतबार १५ जुनको
दिन फेरी मङपु लगायत संग्लग्न
क्षेत्रहरुमा बिधुत काटिने
जानकारी प्राप्त भएको छ | उक्त दिन टिस्टा बजार लगायत
राजमार्ग ३१ए क्षेत्रमा बिधुतको
पोलहरुको मर्मती कार्य अनि
साफ सफाई कार्य बिधुत विभागले
गर्ने तय भएको हुनाले बिहान
८ बजे देखि ४ बजे बेलुकी सम्म
आठ घण्टा बत्ती काटिने जानकारी
कालेबुंङ बिधुत बिभागका अधिकारी
(ए.ई.)प्रभासिका राईले जानकारी
दिएका छन | उक्त बिधुत मर्मतीको
कार्य टिस्टा फिटर अन्तर्गत
हुने भएकोले ३ अनि ४माइल,छिबुबस्ती,राजमार् ग३१ए,मल्ली,टिस्टाबजार,२९माइल, रम्बी,लोहापुल,सुन्तले, बिरीक, मङपु,सिटोंङ,लाटपन्चर,लंकु
अनि संग्लग्न क्षेत्रहरुमा
नै आठ घण्टा निम्ति बिधुत सर्बरहरा
ठप्प रहने भएको छ |
