राज्यको सिचाई बिभागले राखेको
मासिक सभामा एनएचपीसीका अधिकारीगण
उपस्थित हुन् पर्छ भन्ने
कुरालाई एनएचपीसीले स्वीकार
गरेको छ | राज्य सिचाई बिभागसित
पनि जोगजोग राखेर आगामी दिन
टिस्टा उर्जा संचालनको कार्य एनएचपीसीले
गर्ने भएको छ | पश्चिम बंगाल राज्यमा
एनएचपीसीद्वारा दुईवटा टिस्टा
जलबिधुत परियोजनाहरु संचालन
भईरहेको छ | जसमा टिस्टा जलबिधुत
परियोजना चरण तीन दवारा बिधुत
उत्पादन भईरहेको छ भने चरण
चारको कार्य निर्माणधिन् भईरहेको
छ | टिस्टा जलबिधुत परियोजना
चरण तीनद्वारा उत्पादन भएको
बिधुत एनएचपीसीद्वारा सय प्रतिसत
नै राज्यलाई दिइरहेको छ भने
टिस्टा चरण चारको कार्य पनि
समाप्त भए यहाबाट उत्पादन भएको
बिधुत पनि प.बंगाललाई नै दिने
भएको राज्यलाई यी दुईवटा
बिधुत परियोजनाबाट धेरै नै
लाभ हुने एनएचपीसी अधिकारीले
बताए | एनएचपीसी क्षेत्रीय सिलगडी
कार्यलयका निर्देशकले एस.आर.रोईले
पत्रकारहरुलाई बताए अनुसार
एनएचपीसीले राज्यको प्रसासनिक
अनि सम्बन्धित अधिकारीहरु
सित मिलेर यस दुईवटा बिधुत
परियोजनालाई सुचारुपले चलाउने
कार्य गरिरहेको छ | एनएचपीसीको
पक्षबाट प्रत्येक घण्टा नै
टीएलडीपी चरण तीनमा बढेको जलस्तर
बिवरण टिस्टा बेरेज प्राधिकरणलाई
दिरहेको निर्देशकले बताए साथै
सिचाई बिभागद्वारा डाकेको
सभामा पनि एनएचपीसीका अधिकारी
सधै नै उपस्थित रहेको जनाए | यसरी
आगामी दिनमा पनि सिचाई बिभागद्वारा
डाकेको सभामा सधै नै एनएचपीसीका
अधिकारीगण उपस्थित रहने साथै
राज्यको सिचाई बिभाग सित मिलेर
नै बिधुत संचारको कार्य गर्ने
जानकारी क्षेत्रीय निर्देशकले
बताए |
