नृत्य संस्थान दाजु बहिनी कला केन्द्रको मङपु शाखा उद्घाटन

Daju Bahini Kala Kendra
आज स्थानीय ग्रीन हिल एकाडमी रम्बी विभाग मङपु (Green Hill Academy Rambi Division, Mungpoo) मा नृत्य संस्थान “दाजुबहिनी कला केन्द्र” (Daju bahini Kala Kendra)  मङपु शाखाको उद्घाटन कार्यक्रमका सभापति के.बी गुरुङको बाहुलीबाट गरियो | सभापति द्वारा दीप प्रज्वल्लन गरे पछि ग्रीनहिल एकादमीका प्राध्यापक दिपेन थापाले यस नृत्य संस्थानको शाखा  मङपुमा खोलिनु भनेको हाम्रो निम्ति सौभाग्यको कुरो हो र यसलाई अघि बडाएर लैजानु गुरुहरुको मात्र नभएर सम्पूर्ण अभिभावकवर्गको पनि ठुलो जिमेवारी रहेको कुरो जनाए | संस्थाका गुरुमा आशा थापाले यो २१वा शताब्दीमा नानीहरुलाई शिक्षा संगसगै अन्य क्षेत्रहरुमा पनि तालिम लिन अति नै आवश्यक रहेको कुरो जनाउदै यस नृत्यलाई पनि ध्यानमा राखेर अभिभावकवर्ग अघि आउन पर्ने कुरा माथि जोड़ दिए | कुनै पनि कला चाहे त्यो संगीत होस् या नृत्य सबैले धर्य राखेर लगनशील भएर सिक्ने अनुरोध गरे | नृत्य संस्थान दाजु बहिनी कला केन्द्रका निर्देशक किशोर थापाले नानीहरु मात्र नभएर अभिभावकवर्गले पनि अनुशासित भएर कुनै कार्य अघि बढाए अवश्य सफल हुने बताए | यसरी प्रत्येक हप्ता उक्त संस्थाले शनिवार अनि आइतबार मङपुमा नै नृत्य सिकाउने जानकारी दिए | १९९३ साल देखि शुरु भएको यस संस्था आज मङपुमा पनि खोल्न पाउदा  आफुलाई धेरै नै हर्ष लागेको बताउदै यसलाई अघि बडाएर लैजान सबैले जिम्मेवारी पूर्ण कार्य गरिदिने अनुरोध गरे | आज देखि शुरु भएको यस नृत्य तालीममा मङपु क्षेत्रका ३५ जना बिधार्थीहरु छन र यसमा भारत नाट्याम ,वेस्टन,कन्टेम्प्ररी,लोक आदि  नृत्यको तालिम दिने साथै एक्टीङको पनि प्रसिक्षण  दिने जानकारी मङपु शाखा संस्थाका सयोजिका दीपा प्रधानले दिएका छन |

आज स्थानीय ग्रीन हिल एकाडमी रम्बी विभाग मङपु (Green Hill Academy Rambi Division, Mungpoo) मा नृत्य संस्थान “दाजुबहिनी कला केन्द्र” (Daju bahini Kala Kendra) मङपु शाखाको उद्घाटन कार्यक्रम

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.