मङपु५अगष्ट(केशर मोक्तान): अल इण्डिया तृणमुल कंग्रेस दार्जीलिंङ जिल्ला हिलका अध्यक्ष राजेन मुखियाको अध्यक्षतामा रामकृष्ण भवन सिलगडीमा एक सभा सम्पन्न भयो | सभामा दार्जीलिंङ सिन्कोना प्लान्टेशन वार्कर्स यूनियन कन्द्रीय समिति (Darjeeling Cinchona Plantation Workers Union Central Committee) गठन गरियो | जसको सभापति किरण ब्लोन मङपु,उपाध्यक्ष शुशिल राई लाटपन्चर,भरत राई मन्सोङ,अमर गुरुङ(रोङगो) सचिव मिरेन लामा मङपु,सहसचिव किरण छेत्री रोङगो,सुजीत भुजेल सिटोङ,सरोज मोक्तान मन्सोंग,कोसाध्यक्ष पुर्णिमा ओझा गैरीबासलाई सर्व सहमतिद्वारा चयन गरियो | नवगठित युनियनले सिन्कोना उध्योगको पुन उत्थान एवं विस्तार साथै यसमा कार्यरत मजदुर अनि आश्रित परिवार सबैको हक अधिकार र सुरक्षा हेतु सम्बधित बिभाग एवं सरकार समक्ष ठोश पहलको निम्ति दार्जीलिंङ सिन्कोना प्लान्टेशन वार्कर्स यूनियन केन्द्रीय समिति आईएनटीटीयुसी सित सयुक्त गठन गरियो | उक्त सभामा दार्जीलिंङ जिल्ला टीएमसी पार्टीका महासचिव एनबी खवास,दार्जीलिंङ जिल्ला आईएनटीटीयुसी अध्यक्ष आरूप रतन घोष,दार्जीलिंङ जिल्ला एआईटीटीयुसीका सचिव सुमित्र कुन्दु,दार्जीलिंङ जिल्ला चियाबगान वार्कर्स एवं कर्मचारी युनियनका सभानेत्री करुणा गुरुङ सचिव जेबी तामांङ लगायत टीएमसी पार्टीका अन्य सदश्यवर्ग उपस्थित थिए |
दार्जीलिंङ सिन्कोना प्लान्टेशन वार्कर्स यूनियन कन्द्रीय समिति गठन
05Aug2014
Post a Comment