मोर्चा मंग्पू लाब्दा शाखा पुनर्गठन, मंग्पूमा ८० प्रतिशत जनता मोर्चा समर्थक रहेको सभासद रतन थापाको दाबी

Sabhasad Ratan Thapa
गोजमुमो लाब्दा मंग्पू समष्टिको लाब्दा शाखालाई अझ शक्तिशाली पार्ने उदेश्यले मोर्चा मंग्पू जोनको आयोजनामा स्थानीय लाब्दा एमएसकेमा पुरानो कमिटिलाई विघटन गर्दै नयाँ कमिटि गठन गर्न एक सभा आयोजन भएको थियो | मोर्चा मंग्पू जोनका सभापति प्रदीप छेत्रीको सभापतित्व साथै मूल सचिव रतन लामा द्वारा संचालित सभामा क्षेत्रीय सभासद रतन थापाको बिशेष उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा गगन राई दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन केन्द्रिय समिति सिन्कोना जोन, किशन बुडाथोकी एवम अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो |सभालाई सम्बोधन गर्दै मुख्य अतिथि रतन थापाले आफ्नो संभाषणमा भूतपूर्व सभापति एवम सचिवहरुले पार्टी प्रति दिएको योगदानको प्रशंसा गर्दै आउँदो दिनहरुमा पनि नयाँ चुनिएका पदाधिकारीहलाई मार्ग निर्देशन गर्नु पर्ने मन्तव्य दिएका छन् | बर्तमान पहाडको राजनैतिक परिवेशलाई हेरेर नै अब जुझारु,लडाकु एवम अनुशाशित शाखाहरु बनाइएको जानकारी पनि सभासद थापाले जनाएका छन् भने पूर्व पदाधिकारीहरुले झैं पार्टीलाई आवशयकता परेको हरेक आपत –विपदहरुमा पनि नव गठित नेतृत्वहरुले सही मार्ग निर्देश गर्दै शाखालाई अघि बढाएर लैजाने सुझाउ पनि दिएका छन् |
सम्बोधन कै क्रममा सभासद थापाले विपक्षीहरुमाथि बर्सिन्दै बिगत लोक सभा चुनावमा तिनीहरुको जस्तो उत्तेजना थियो त्यो सबै चुनावको परिणामले बताइदिसकेको छ र त्यो चुनावको परिणाम प्रमाण उनीहरु र हामी सबैमा छ र कसले ढाँटको राजनीति गर्दैछ त्यो अब जनताले बुझिसकेको पनि वहाँले जनाएका छन् | विपक्षीहरुले साधारण जनतालाई डर देखाएर, धम्काएर जति नै ठुलो कुरा गरे पनि चुनाव परिणामले मंग्पूमा अझ पनि ८० प्रतिशत जनता मोर्चा कै समर्थनमा रहेको स्पष्ट रहेको छ भन्दै साधारण जनताहरु यस्ता कुतत्वहरु देखि संधै जोगिएर बस्ने सुझाउ दिए |  यदि हामीले स्वार्थवादी र मौकावादी भएको भए टिएमसी र ममता सरकारसंग मिलेर चुनाव लड्ने थियौ तर मोर्चा गोर्खाल्याण्ड र  गोर्खा जातीको हित र अधिकारको निम्ति जन्मेको हुनाले  त्यस्तो स्वार्थी काम गरेनन् र आउँदो दिनहरुमा पनि केवल गोर्खाल्याण्ड कै निम्ति अघि बढ्ने पनि थापाले बताएका छन् | 
गोर्खा जनमुक्ति मोर्चाले केन्द्रमा अब भारतीय जनता पार्टी कै सरकार आउने स्पष्ट देखेकोले अनि केवल भाजपाले मात्र गोर्खाहरुको दीर्घकालीन माग गोर्खाल्याण्डको मुद्दालाई अघि लैजान सक्ने सम्भावना देखेकोले नै लोकसभा चुनावमा भाजपालाई समर्थन गरेको बताएका छन् साथै अब भाजपाको सरकार गठन भएकोले पहाडको मुद्दाले पनि पार पाउनेछ भनि बताइएको छ | यसरी नै ममता ब्यनार्जीले पहाडका विभिन्न जातीहरुलाई जात – जातमा टुक्राउने काम गर्दैछ र यसमा जनता ओशियार भएर बस्नु पर्ने आह्वान गर्दै हाम्रो मुद्दा जात – जातमा टुक्रिनु होइन तर सबै जात मिलेर सिंगो गोर्खाल्याण्ड निर्माण गर्नु हो भनि सभासद थापाले बताए | आफ्नो वक्तव्यको क्रममा सभासद थापाले बिगतमा गोरामुमोले सिन्कोना बगानमा के कति काम गर्यो र सिन्कोनाको अवस्था कहाँसम्म पुरायो र आज गोजमुमो गठन भएपछि के गर्यो – के गरेंन मैले भनिबस्नु पर्दैन सम्पूर्ण मंग्पूबासीलाई थहा छ र अहिले सिन्कोना जिटीएमा गाभिएको छ अनि ४५ जना सभासदहरु पनि मोर्चा कै छ यसैले जनता कता जाँदा असल हुन्छ सोंचेर काम गर्ने सुझाउ दिए |
सम्बोधन कै क्रममा अन्तमा सभासद थापाले लाब्दा शाखाको पूर्व अध्यक्ष कमल थापाको बिगतको योगदानहरुको कदर गर्दै उनलाई शाखाको चिफ को – अर्डिनेटरको पदमा नियुक्त गर्ने प्रस्ताव राखे भने नव गठित कमिटिमा लाब्दा शाखा चिफ को – अर्डिनेटर कमल थापा, सभापति देवेन्द्र राई,उप – सभापति प्रेम कुमार राई, राजीव राई, सचिव दिपेन योन्जन, सह – सचिव  बिकाश राई, ग्याल्छेन तामांग,राकेश पाख्रीन, प्रचार – प्रसार सचिव सन्दीप तामांग, कोषाध्यक्ष बलदेव मुखिया, लेखा – परीक्षक विदेन प्रधान, पवन राई, रिवाज खरेल  अनि सलाहकारहरुमा    दुर्गा मोक्तान, भुपाल मोक्तान, सिटू  मोक्तान, मोहन सिंग्दन, एनपी राई, प्रेम सिंग्दन, प्रकाश  राई (क्याप्टेन), जीएम बल, रतन अधिकारी आदिलाई चुनिएका छन् |

गोजमुमो लाब्दा मंग्पू समष्टिको लाब्दा शाखालाई अझ शक्तिशाली पार्ने उदेश्यले मोर्चा मंग्पू जोनको आयोजनामा स्थानीय लाब्दा एमएसकेमा पुरानो कमिटिलाई विघटन गर्दै नयाँ कमिटि गठन गर्न एक सभा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.