मङपुमा नै बाल्यकाल बिताएर
यहाको आँगनबाट नै प्राथामिक
शिक्षा आर्जन गरेकी नेपाली
जगतका ख्याति प्राप्त नेपाली लोकगायिका स्वर सम्रागी
अरुणा लामाको ६९वा जन्म जयन्ती
आज मङपुमा भब्य रुपमा पालन
गरियो | समारोहका प्रमुख अतिथि
एवं दार्जीलिंङका ख्यातीप्राप्त
संगीतकार मणिकमल छेत्री साथै
आजको कार्यक्रमको सभापति अनि
सिन्कोना बगान व्यवस्थापक
बिदुर कार्कीको बाहुलीबाट
अरुणा लामाको प्रतिमामा दीप प्रज्वलन
साथै माल्यार्पण गरियो | मङपु
सांगीतिक कला एकाई अनि अरुणा
लामा सालिग़ निर्माण समितिको
आयोजनामा सम्पन्न भएको उक्त
कार्यक्रममा अरुणा लामालाई
माया गर्ने सम्पूर्ण संगीत
श्रोताहरुले उनको प्रतिमामा
माल्यार्पण गरे | स्मरण रहोस
अमिर सुन्दास द्वारा निर्मित
गायिका अरुणा लामाको सालिग़
अनावरण गत बर्ष फूलपातीको दिन
मङपुमा भएको थियो भने आज गायिका
लामाको जन्म दिनको अवसरमा
फेरी पनि मङपुका संगीत श्रोता
सबै सबैले उनको प्रतिममा पुष्प अर्पण
साथै माल्यार्पण गरे | मङपु सांगीतिक
कला एकाईको आयोजनामा स्थानीय
रबीन्द भवनमा स्वर साम्रगी
अरुणा लामा प्रति श्रदान्जली
अर्पण गर्दै यसै संस्थाका कलाकारवर्ग
सुजीता आले(शेर्पा),हेमा राई,नमीता
प्रधान,सलिना रामुदामु,आकांक्षा
छेत्री,मनिषा तामांङ,अल्का
छेत्री,गरिमा गुरूङ,शारदा खाती,बिनिषा
तामांङ,राजेन आले अनि मुकेश
तामांङले
अरुणा लामाकै गीतहरु
गाएर सम्पूर्ण दर्शकवर्गलाई
मन्त्र मुग्ध पारे | यसरी खरसाङ
सूचना एवं सांस्कृतिक विभाग
टोली अनि मिरिकका गायिका भावना
थापाले पनि अरुणा लामाको सुन्दर
नेपाली गीतहरु प्रस्तुत गरिन | सुरेन्द्र
थीङ,सपना थापा अनि मन्जली राईले
संचालन गरेको यस कार्यक्रममा
त्रिबेणी कला केन्द्रका कलाकारवर्गले
सुन्दर नितृय प्रस्तुत गरे |

Post a Comment
We love to hear from you! What's on your mind?