बाबा रामदेवको स्वागतमा जोगीघाटमा तयारी युद्दस्तरमा

All set to welcome Baba Ramdev in jogighat steel bridge
मङपु१५अप्रेल(केशर मोक्तान) योग गुरु बाबा रामदेव भोलि दार्जीलिङ आईपुग्ने छ भने उनी १८ अप्रेलको दिन मङपु जोगीघाटमा आउने भएको छ | उनको आगमन लाई केन्द्र गरेर जोगीघाटमा युद्द स्तरमा तयारी चलिरहेको छ | क्षेत्रीय सभासद रतन थापाले बताए अनुसार आगमी १८ अप्रेलको दिन मङपु अनि सिटोंङलाई जोड्ने रेयांग खोला माथि अवस्थीत स्टील ब्रिज ( Jogighat Steel Bridge photos here )को उद्घाटन जीटीए प्रमुख बिमल गुरुङको उपस्थितिमा योग गुरु बाबा रामदेवको बाहुलीबाट गरिने भएको छ | उक्त दिन उनको साथमा पतन्जली योगपीठ आचार्य रामकृष्ण पनि उपस्थित रहने भएको छ | हाम्रो स्वाभिमान अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनमा सम्पन्न उक्त कार्यक्रममा १८ अप्रेलको दिन योग गुरु बाबा रामदेवले योग सम्बन्धी जानकारीमुलक कुराहरु यहाको जोगीघाट मन्चबाट राख्ने भएको छ | पतानजली योग पीठले दार्जीलिंङमा पनि एउटा पतान्जली रिसर्च सेन्टरको  शाखा खोल्ने जानकारी गराउदै जीटीएमा पत्रचार गरिएको थाहा लागेको छ भने उक्त पतन्जालीको  युनिट मङपु जोगीघाटमा निर्माण गरिने योजना रहेको  छ | मङपुमा सिन्कोना संग संगै अन्य औसधीय पौधाहरु पनि यहाँ बृहत रुपमा  हुने भएको कारण नै मङपुमा जीटीले पतन्जली योग पीठको अनुसन्धान केन्द्र खोल्ने निर्णय लिएको जान्नमा आएको छ | सिन्कोना बिभाग सभासद सामुएल राईले जनाए अनुसार यहा सिन्कोना मात्र नभएर अन्य जति पनि हर्बल प्रोडक्ट छ त्यो पतन्जली योग पीठ मार्फत सोझै मार्केट पाउने भएको कारण नै जटीएले जोगीघाटमा पतन्जली योग पीठको रिसर्च सेन्टर बनाउने निर्णय लिएको जनाए | उक्त बिषयमा हिज मात्र जीटीएको सभा बसेर कागजपत्र अघि बढाउने निर्णय लिएको सभासद गुरुङले बताए | सिन्कोना बिभाग जीटीए भित्र अन्तरभुक्त भएको कारण जीटीए सभामा पास भएर आए पछि सिन्कोना बगानमा पतन्जली योग पीठ अनुसन्धान केन्द्र खोल्न बिषयमा कुरा अघि बढ्ने अनि यसको निम्ति केहि समय लाग्ने कुरो बगान निर्देशक डा.सामुएल राईले पत्रकारहरुलाई जनाए | विश्वप्रसिद्द मलेरियाको रामवाण औषधि कुइलेन कारखाना पछि मङपुमा हर्बल पतन्जली योगपीठको रिसर्च सेन्टर शुरु हुने अनि योग गुरु बाबा रामदेव आउने खबरले सम्पूर्ण जनतामा अब मंग्पूले पनि राम्रो भविष्य देख्न पाउने सपना देख्न थालेको पाइएको छ |

योग गुरु बाबा रामदेव भोलि दार्जीलिङ आईपुग्ने छ भने उनी १८ अप्रेलको दिन मङपु जोगीघाटमा आउने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.