मङपु (केशर
मोक्तान): सिन्कोना
बगानमा धेरै सालदेखि बगान
चलाउने व्यवस्थापकवर्गको
पूर्ण नियुक्ति हुन् नसकेको
कारण सिन्कोना बगानमा कतिपय
कार्य गर्न धेरै नै असुबिस्ता
भईरहेको थियो भने यसै अप्रेल
महिनी देखि ५ जना सहव्यवस्थापक
अनि विभागीय अधिकारी वर्ग पुन
पद्दोनती भएर व्यवस्थापकको
पदभार सम्हाल्ने भएको छ | सिन्कोना
बगान निर्देशक डा.सामुएल राईले
बताए अनुसार मङपु सिन्कोना
बगान ब्यवास्थापक पदभार
एन.के. बराईली,लाटपन्चर सिन्कोना
बगानको व्यवस्थापक पदभार टी.बी.बराईली,रोङगो
सिन्कोना बगान व्यवस्थापक
पदभार जे.साधाले अनि मन्सोंङ
सिन्कोना बगान व्यवस्थापकको
पदभार बसन्त तामांङ सम्हाल्ने
भएको छ | यस्तै गरि सिन्कोना
बिभागीय अधिकारी पदबाट पद्दोनती
भएर गोपाल लामिछाने हर्टिकल्चर
बिभाग अधिकारी(ओबरस्येर)पद
सम्हाल्ने भएको छ | पहिले सहव्यवस्थापकवर्गले
नै सिन्कोना बगानको ब्यवास्थापको
कार्य सम्हाली रहेका थिए
भने अब उनीहरु पद्दोनती भएर
पुन ब्यवास्थापको पदभार सम्हाल्ने
भएको छ | धेरै साल देखि विभागीय
अधिकारीको पदभार सम्हालेर
बसेका सन्तोष मोक्तान सिन्कोना
व्यवस्थापकको पदमा पद्दोनती
हुनको साथै केहिदिनमा नै आफ्नो
कार्यबाट औकाशग्रहण गरिएको
थाहा लागेको छ | यसरी स्थानीय
अधिकारीवर्ग नै सिन्कोना बगान
ब्यवस्थापकको पदमा पद्दोनती
भएकोमा बगान श्रमिककर्मचारीवर्गले
अधिकारीवर्गलाई बधाई साथै
शुभकामना व्यक्त गरेका छन |
सिन्कोनाबगान व्यवस्थापकवर्गको पाद्दोनती
10Apr2015
Post a Comment