५ अप्रेलमा आएको हुरीबतासले मङपुमा लाखौं रूपिया क्षति पुगेको लख काटिएको छ भने त्यस दिनको हावा पानीले कालेबुङ देखि मङपु ल्याइएको बिजुली हाईटेन्शनको तार थुप्रै ठाउँमा चुडिएको कारण आज चार दिन बितिसक्दा पनि मङपुमा बिधुत सर्वाह हुन सकेको छैन | चार दिन सम्म बिधुत सर्वाह नभएको कारण बिधुतले चल्ने यन्त्रहरु सम्पूर्ण रुपले ठप्प हुन् पुगेको छ | बिधुत नभएको कारण मङपु बजारमा स्थीत बिधुतले चल्ने दोकान पाठ,कम्प्युटर सेन्टर जेरक्स सेन्टर, सरकारी अनि गैरसरकारी कार्यालयमा थुप्रै समस्या देखा परेको छ | त्यति मात्र नभएर बिजुली बत्ती नभएको कारण मङपुमा मोबाईल उपभोक्तावर्गको मोबाईल सम्म चार्ज गर्न नपाएर बन्द हुन् पुगेको छ जसको कारण स्थानीय जनताले धेरै नै समस्या झेल्न परिरहेको छ | उक्त बिषयमा सम्बन्धित बिधुत बिभागका अधिकारी संजीव सुब्बा संग सम्पर्क गर्दा हावाले थुप्रै ठाउमा तार चुड़ाएको कारण बिधुत सर्वाह गर्न बिलम्ब हुन पुगेको बताउदै विभागका कर्मचारीवर्गले द्रुत गतिमा कार्य गरेर आज सिम्ले बिभाग सम्म बिधुत सर्वाह गर्न सकेको र भोली मङपु बजारमा बिधुत सर्वाह गर्ने पूर्ण प्रयास रहेको जनाए | मङपु क्षेत्रमा बिधुतको कारण थुप्रै दुर्घटना भएकोले ग्रामिण क्षेत्रमा भने पूर्ण जाँच गरेर मात्र बिधुत सर्वाह गर्ने बताउदै आज केहि समय लाग्न सक्ने अधिकारीले बताए | यदपि चार दिन देखि बिजुली बती नभएकोले स्थनीय जनताले थुप्रै सर्वाह झेल्न परिरहेको कारण चाडै नै बिजुली बत्ती छोडी दिने बिधुत विभागलाई अपील गरेका छन |
मङपुमा चार दिन देखि बिधुत सर्वाह ठप्प
08Apr2015
Post a Comment