दार्जीलिंग तराई डुवर्स बासिल जोइन्ट एक्सन कमिटि मंङपु शाखाको गठन

Basil International Limited darjeeling terai dooars joint action committe mungpoo
२७ अप्रेल २०१५  अपरान्ह २.०० बजे स्थानीय गान्धी प्राथमिक पाठशाला, रेशेप बजार मंङपुमा बासिल तराई डुवर्स जोइन्ट एक्सन कमिटि मङपु शाखाको गठन सभा जी. बी. राईको सभापतित्वमा सम्पन्न भयो | यस सभामा नर्थ बेंगल बासिल जोइन्ट एक्सन कमिटिका संस्थापक सेवास्टीन प्रधान उपस्थित थिए |  स्वागत् सम्भाषण सुभद्र बम्जनले राखेको सभामा २७ जना निवेशकर्ता अनि मार्केटिंग मेम्बर भेला भएका थिए | सभामा श्री प्रधानले बताए कि सेबीले नोटिस दिएपछि दार्जीलिंङका प्रायः चिटफण्ड कम्पनीहरु बन्द भएका छन् | अहिले बासिललाई सेबीले यसका सम्पूर्ण सम्पति लिलाम गर्ने अनि जसबाट निवेशकर्ताहरुको रकम फर्काउन सक्ने मन्जुरीपत्र पनि दिएको छ |
बासिलको पुरानो व्यवस्थापनलाई विघटन गरेर नयाँ व्यवस्थापनको गठन गरिएपछि यहाँबाट पठाइएका जमा खाता, सर्टिफिकेट अनि व्यांकका खाताहरुको इन्ट्री गर्ने काम भइरहेको छ | जम्मा  नभएका सर्टिफिकेट अनि व्यांकका खाताहरु यथाशीघ्र इन्ट्रीको निम्ति पठाउनुपर्ने साथै यी सबै समस्याहरुलाई समाधानको निम्ति दार्जीलिंग, खर्सांग, कालिम्पोंग, मिरिक, मङपु, सुनादह लगायत गठन भएका जोइन्ट एक्सन कमिटिका शाखाबाट प्रतिनिधिहरु चाडै कोलकाता प्रस्थान गर्ने जानकारी दिए |
दार्जीलिंङ भरिका प्रायः सबै शाखा कार्यालयका मेनेजरहरुले ठीकसित हिसाब नदिएकोले सिनियरहरुलाई पैसा खाएको आरोप पनि लागेको छ | तसर्थ सबै मेनेजरहरुलाई बोलाएर सठीक हिसाब लिइने छ, यसो हुन नसके उनीहरुलाई आवश्यक कार्यवाही गर्ने जोइन्ट एक्सन कमिटीले लिएको निर्णयलाई श्री प्रधानले बताए |
सभामा उक्त कमिटिको गठन यस प्रकारले गरियो - सभापति – गणेश बल, उप-सभापति – अर्पणा राई, सचिव – सुभद्रा बम्जन, सह-सचिव दीप थापा, कोषाध्यक्ष – जी बी राई अनि सहायक कोषाध्यक्ष प्रेरणालता प्रधानलाई चुनियो अनि प्रचार प्रसार अधिकारीको भार  तार्बु लेप्चालाई सुम्पिइयो|

२७ अप्रेल २०१५ अपरान्ह २.०० बजे स्थानीय गान्धी प्राथमिक पाठशाला, रेशेप बजार मंङपुमा बासिल तराई डुवर्स जोइन्ट एक्सन कमिटि मङपु शाखाको गठन सभा जी. बी. राईको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.