सोमबारको भुइचालोले मंग्पूमा ब्याउने गाई मार्यो

Earthquake kills cow
सोमबार साझ ५.१ रिक्टर स्केलमा आएको भुईचलोले ज्यानमालको कुनै क्षति नपुराएतापनि स्थानीय जनताको सामन्य रुपमा घर चर्किएको खबरहरु प्राप्त भएको छ | सोमबार आएको भुईचलोको  कारण लाब्दा ग्राम पंचायत अन्तर्गत लाब्दा बिभाग निवासी बिभाराज तामांङको ब्याउने गाई मरेको समाचार छ भने सामान्य रुपमा स्थानीय बासिन्दाहरूको घरहरु भत्कीएको छ | गत २५ अप्रेल देखि लगातार हिज सम्म आएको भुकम्पको  कारण सम्पूर्ण जनजीवनमा त्रास छाएको छ | लगातार आइरहने भुईचलोको कारण ठुला ठुला घर र बिल्डिंग भएको जनताले हिज सोमबारको रात सडकमा नै काटिएको देखियो | कति जना मानिसहरु फेरी पनि भुईचलो आउछ भने डरले सडकको किनारमा नै सुतेको भेटियो | अर्कोतिर सोमबार साझमा आएको भुईचलोको केन्द्र बिन्दु मिरिकमा नपिएको कारण पनि स्थानीय जनतामा त्रास बढेर गएको छ | लगातार भुईचलो आएको कारण मङपु देखि बाहिर दार्जीलिङमा पढ़ने बिधार्थीवर्गलाई अभिभावकगणले घर फर्काइ ल्याउने  क्रम जारी राखेको छ | यस्तै गरि सोमबार देखि मङपु क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थानहरु बन्द रहेको छ भने बुधबार अनि बिहिबार पनि  यस क्षेत्रका सम्पूर्ण  शैक्षिक संस्थानहरु बन्द रहने समाचार प्राप्त भएको छ |

सोमबार साझ ५.१ रिक्टर स्केलमा आएको भुईचलोले ज्यानमालको कुनै क्षति नपुराएतापनि स्थानीय जनताको सामन्य रुपमा घर चर्किएको खबरहरु प्राप्त भएको छ |

Read latest post filed under general news, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.