जीटीए चीफ बिमल गुरुङ कृतज्ञताका पात्र हुन् - युवा मोर्चा मड़पू

Gorkha Janmukti Yuva Morcha Mungpoo
जोगीघाट परिसरमा योग गुरु रामदेव बाबा अनि आचार्य बालकृष्णको बहुलीबाट स्टील ब्रीजको उद्घाटन हुने साथ सिटोंग अनि मड़पूबासीमा हर्षको लहर छाएको छ | जीटीए चीफ बिमल गुरुङ उक्त महान कार्यको निम्ति कृतज्ञताको पात्र हुन् भनी युवा मोर्चा मड़पूले जनाएको छ |  जीटीए चीफ बिमल गुरुङ प्रति युवा मोर्चा मड़पूले आभार ब्यक्त गर्दै प्रेस बिज्ञप्ती दिएको छ | दार्जीलिंग पहाडमा धेरैवटा राजनैतिक पार्टीहरु आए अनि गए तर कसैले पनि कुना-काप्चाको समस्याहरुलाई कुनै महत्व नै दिएका थिएनन् अनि स्थलगत भ्रमण धरी गरेका थिएन तर गोजमुमो प्रमुखले आफै जनताको समस्यालाई नजिकबाट हेरेर उक्त समस्याहरुको समाधानको दिशामा पहल गरेका छन् | गोजमुमो पार्टी गठन भएपछि बिमल गुरुङ आफैले जोगीघाट परिसरको भ्रमण गरि जनताको मुख्य समस्याहरुको जायजा लिएको थियो भने सिटोग अनि मड़पूलाई जोड्ने जोगीघाट झोलुंगे पूलको अवस्था अति नै दयनीय भएको अनि क्षेत्रका जनताले दीर्घ दिनदेखि समस्या भोगिरहेको देखेपछि उक्त झोलुंगे पूललाई पक्की स्टिल ब्रीज निर्माण गर्ने घोषणा गरेका थिए | झोलुंगे पूल नै सिटोंग अनि वारी-पारीको जीवन रेखा रही आएको थियो  भने उक्त  पुलको विकल्प नै थिएन तर जीटीए चीफ बिमल गुरुङको कठोर निर्देशमा स्टील ब्रीज निर्माण भएपछि सम्पूर्ण सिटोंगबासी अनि मड़पूबासीले अनि दीर्घ दिनदेखि झेल्न परेको समस्याको समधान भएकोमा हर्ष ब्यक्त गर्दै मड़पू युवा मोर्चाले जीटीए चीफ बिमल गुरुङप्रति युवा मोर्चाको पक्षमा सचिव बिगेन मिश्रले कृतज्ञता प्रकट गरेको छ | स्टील ब्रीजको उद्घाटन रामदेव बाबा अनि आचार्य बालकृष्णको हातबाट हुनु भनेको स्थानीयवासीको निम्ति गौरवको बिषय हो अनि उक्त अवसरमा जोगीघाट परिसरमा पतंजली योग पीठको खण्ड अनि विश्व-स्तरीय संस्थानको स्थापना गर्ने योग गुरु राम देव बाबाको घोषणाले अब  जोगीघाट क्षेत्रको चित्र नै परिवर्तन हुने स्पष्ट रहेको जनाउदै युवामोर्चा सभापति बिकाश गुरुङले गोजमुमो प्रमुख बिमल गुरुङ साच्चै नै गरीब – दु:खी जनताको नेता हुन् जसलाई युवा मोर्चाको सलाम भनि प्रेस बिज्ञप्ती मार्फत बताएका छन् | यसरी नै युवा मोर्चा मड़पूले गोजमुमो पार्टी प्रमुख बिमल गुरुङको हात बलियो बनाउनको निम्ति प्रत्येक पल नै तयार रहेको बताएको छ | धेरै बर्ष देखि बिकाशबाट बन्चित रहेको यो ठाउँहरुले अब नयाँ बिकाश तर्फ फड्को मार्ने तय भएको छ | बिसेष गरि सिटोंग लगायत वारीपरि क्षेत्र कृषि माथि आधारित भएको हुदा अब यो ठाउँको कृषकहरुले आफ्नो उत्पादनको सही मूल्य पाउने छाँट देखिएको छ |

जोगीघाट परिसरमा योग गुरु रामदेव बाबा अनि आचार्य बालकृष्णको बहुलीबाट स्टील ब्रीजको उद्घाटन हुने साथ सिटोंग अनि मड़पूबासीमा हर्षको लहर छाएको छ | जीटीए चीफ बिमल गुरुङ उक्त महान कार्यको निम्ति कृतज्ञताको पात्र हुन्

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.