तुफानले मंग्पूको सिम्बिडीयम अर्किड पार्क पूर्णरुपले क्षतिग्रस्त, क्षेत्रमा अरु थुप्रै क्षतिहरु

toofan destroyed mungpoo cymbidium orchid park
मंग्पू सिन्कोना बगानमा अवस्थित सिम्बिडीयम अर्किड पार्क हिज राती प्राय: ८:३० बजे देखि १५ मिनट जति आएको भयानक हुरी तूफानले पूर्ण रुपले क्षति भएको छ | पूर्व सिन्कोना निर्देशक डा० जीसी सुब्बा अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पहलमा बनिएको यस पार्क २०१२ देखि अस्तित्वमा आएर धेरै नै प्रशिद्धि कमाउदै स्थानीय अनि बाहिरका पर्यटकहरुको मन जित्न सफल भएको थियो साथै मंग्पूको ब्रिटिशकालिन कुइलेन कारखाना, रविन्द्र संग्राहलय देखि बर्तमान यस पार्क पर्यटकहरुको मुख्य आकर्षण बन्दै आएको थियो | पार्क भित्र लगाइएको विभिन्न प्रजातिको अर्किडले पर्यटकहरुलाई मोहित पार्न मात्रै नभएर यस पार्कमा उत्पादित फूलहरु अनि अन्य सब्जीहरुले बगानलाई केही हदसम्म आय दिने गर्दथियो भने हिजको बिकराल तुफानले सिम्बिडीयम अर्किड पार्कको अस्तित्व नै खतरामा पुराएको छ | यो प्राकृतिक क्षतिको सन्दर्भमा पार्क केयर टेकर सतिस राईसित बुज्न चाहंदा उनले यसलाई पार्कको निम्ति ठूलो दुर्भाग्य हो भनी बताएका छन् | अहिले घरि पार्कमा पर्याप्त मात्रमा फूलहरु काटेर बिक्री गर्न योग्य भइरहेको अनि पर्यटकहरुको आगमनले गति पक्रिसकेको समय यस्तो असामान्य क्षति हुँदा पार्क अनि सम्बन्धित विभाग नै चिन्तामा डुब्न परेको उनले बताएका छन् | पार्क भित्र रहेको फूलहरुलाई छोडेर नर्सरी सेटको मात्रै लगभग २० देखि २५ लाख सम्मको क्षति भएको छ भने नर्सरीसेटको सिल्पोलिन अनि एग्रोनेट हुरीले च्यातभूत पारेर फूललाई छोपेर त्यही माथि वरिपरिका रडहरु उखेलिएर, भाँचिएर अझ बहुमूल्य फूलहरुलाई थिचेर राखेको छ र यी सबै हटाएर मात्र फूल के कति क्षति भयो सो बुज्न सक्ने केयर टेकर राईले जनाएका छन् | स्मरण रहोस पोहोर सालको बर्खे झरी अनि हुरीले नर्सरीको सिल्पोलिन च्यातेर धेरै फूलहरुलाई क्षति पुराएको थियो भने यसको मर्मतिकोको निम्ति जीटीएबाट बजेट आएको सुनिए पनि मर्मति कार्यमा केही बिलम्ब भइरहेको जानकारी पाइएको छ | यसपल्टको क्षति पूर्ति जीटीएले गर्ला ? भन्ने प्रश्नमा उनले यी सबै कुराहरुको निर्णय केवल जीटीए सम्बन्धित विभागले नै गर्ने बताएका छन् | उनले अझ बताए अनुसार पार्कलाई अब मर्मति गरेर नहुने अवस्थामा रहेको अनि यसलाई फेरी नयाँ बनाए मात्र हुने साथै यो काम ढिलो भएमा पार्कमा रहेको करोडौ रुपियाँको फूलहरु नष्ट भएर जान सक्ने अवस्थामा रहेको  बताएका छन् |
निरिक्षण गरिहेर्दा पार्क निर्माणमा प्रयोग गरिएको रडहरु पनि कम्जोर रहेको पाइएको छ नत्र हुरी बतासले सिल्पोलिन अनि एग्रोनेट च्याते पनि वरिपरिका रडहरु नभाँचिनु पर्ने भनी प्रत्यक्षदर्शीहरुको भनाई छ | समचार लेखुन्जेल सिन्कोना विभागको पक्षमा म्यानेजर अनि अन्य अधिकरीहरुले घटना स्थलको निरिक्षण गरेको पाइए पनि बाटो बन्दको कारण जीटीएका अधिकारीहरु भने आउन नसकिरहेको अनि जति सक्दो चाडै घटना स्थलमा आउने जानकारी छ |

क्षेत्रमा अरु थुप्रै क्षतिहरु:
हिज रातीको भयानक तूफानले मंग्पू सिन्कोनाको जम्मै विभागहरुको गाउँ बस्तीहरुमा घर, गाइ – बाख्राको गोठ, कुखुराको खोर तथा अन्य गृहपालित जन्तुहरुको खोरहरु क्षति पुराएको छ | यसरी नै मंग्पू बस स्ट्याण्ड नजिक देवेन्द्र राईको घरमा भने छिमेकीको रुख लडेर आइ घरको आधा भाग नै क्षति पुराएको छ भने घर भित्र रहेको परिवारलाई भगवानले नै बचाएको परिवार प्रमुख राईले दुखेसो पोखेका छन् साथै छिमेकीलाई यो रुखले कुनै पनि समय दुर्घटना गराउन सक्छ भनी धेरै अघि देखि नै जनाउँदै आएपनि उक्त छिमेकीले कुनै पत्तो नदिएको गुनासो पोखेका छन् | यसरी नै मंग्पूको पुरानो शैक्षिक संस्थान सरस्वती उच्चतर माध्यमिक विधालयको छाना पनि हुरीले उडाएर लगेको छ | मंग्पूदेखि दार्जीलिंग, सिलिगुडी, कालेबुंग जाने बाटोको किनारहरुमा पनि रुखहरु लडेर बाटो बन्द बनाएको थियो भने स्थानीय मानिसहरुले ती रुखहरु काटेर, पन्साएर बिहान १० बजे भित्रमा जम्मै बाटोहरु खोलेको छ | मंग्पूमा हुरीले धेरै ठुलो – बुदो रुखहरु ढाले पनि प्राय: जसो रुखहरु घर पटि नढलेर घरको छेउमा लडेको पाइएको छ भने थुप्रै घर, सर समानहरुको क्षति पुराए पनि कुनै पनि ज्यानको क्षति पुराएको भने समचार प्राप्त भएको छैन |
यसरी नै मंग्पूमा आउने बिजुलीको हाई टेन्सन तारहरु पनि रुख लडेर थुप्रै ठाउँमा चुडेकोले बिहानै देखि बिद्युत विभागले तार सम्हाल्ने कोशिश गरे पनि दुई तीन दिनसम्म पनि मर्मति कार्य पुरा हुन नसक्ने जानकारी पाइएको छ |

मंग्पू सिन्कोना बगानमा अवस्थित सिम्बिडीयम अर्किड पार्क हिज राती प्राय: ८:३० बजे देखि १५ मिनट जति आएको भयानक हुरी तूफानले पूर्ण रुपले क्षति भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.