हाम्रो घर परियोजना अन्तर्गत लाब्दा मङपु समष्टिमा २० परिवारलाई चेक वितरण

GTA cheque distribution under Hamro ghar pariyojana
केशर मोक्तान: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनद्वारा हाम्रो घर परियोजना अन्तर्गत पक्की घर निर्माणको निम्ति स्थानीय समष्टिका गरीब जनतालाई  जीटीए क्षेत्रभरि राशी वितरण गर्ने क्रम जारि छ भने आज लाब्दा मङपु समष्टिका २० परिवारलाई पनि क्षेत्रीय सभासद रतन थापाको बाहुलीबाट एक जनालाई ८० हजार रुपिया गरेर चेक वितरण गरियो | गोजामुमो मङपु जोन सभापति प्रदीप छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै लाब्दा मङपु समष्टि सभासद रतन थापाले समष्टिका २० परिवारलाई आज पहिलो चरणमा ८० हजार गरेर  चेक वितरण गरिएको अनि दोस्रो चरणमा फेरि  ८० हजार गरेर वितरण  गर्ने जानकारी सभासद थापाले दिए | सभासद थापाले जीटीएले यस पल्ट प्रति परिवारलाई हाम्रो घर परिरोजना अन्तर्गत १ लाख ६० हजार गरेर वितरण गरिएको जनाउदै उक्त राशी प्राप्त गर्ने २० परिवारले सहिप्रकारले घर निर्माण गरेको हुनु पर्ने र घर निर्माण गरेको क्षणमा आफु स्वयम् अनि गोजामुमो पार्टीका कार्यकर्ताहरुले पनि निरिक्षण गरिने कुरो जनाए | यदि उक्त रकम लिएर घर निर्माण नगरे  कानुनी कार्वाही गरिने प्रावधान पनि रहेको सभासद थापाले थप  जनाए | सभासदले आगमी बर्ष हाम्रो घर परियोजना अन्तर्गत समष्टिका ५० परिवारलाई २ लाख ५० हजार गरेर वितरण गर्ने योजना रहेको पनि आजको सभामा जनाए | मङपु अनि सिटोङलाइ जोड्ने जोगीघाट स्टील ब्रिज निर्माण गर्नु अनि गरीब जनतालाई हाम्रो घर परियोजना अन्तर्गत समष्टिका २० परिवारलाई चेक बितरण गरिनु जीटएको ठुलो उपलब्धी हो भन्दै जीटीएले लाब्दा मङपु समष्टिमा यस्ता  थुप्रै बिकाशमुलक कार्य गरेको सभासदले ले बताए | मोर्चा मङपू जोन सचिव रतन लामाले संचालन गरेको सभाको शुरुमा नेपालको भुईचलोमा परी प्राण गुमाउनेहरुप्रति अनि स्थानीय समाजसेवी व्यक्तित्व पी.एस गतराजको असमाहिक निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै चिर आत्मा शान्तीको निम्ति दुई मिनटको मौनधारण गरियो | यसरी सभासद संगै मोर्चा मङपु जोन  सभापति,सचिव, अनि दातडुप्लालेयु सिन्कोना जोन सचिव गगन राइको बाहुलीबाट पनि गरीब परिवारलाई चेक बितरण गरियो | अन्त्यमा सभापति प्रदीप छेत्रीले स्थानीय गरिब जनतालाई हाम्रो घर परिरोजना अन्तर्गत राशी प्रधान गरिएकोमा सम्पूर्ण समष्टिको जनताको पक्षमा जीटीए कार्यपाल बिमल गुरुङ अनि क्षेत्रीय सभासद रतन थापालाई आभार व्यक्तगरेका छन् |

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनद्वारा हाम्रो घर परियोजना अन्तर्गत पक्की घर निर्माणको निम्ति स्थानीय समष्टिका गरीब जनतालाई जीटीए क्षेत्रभरि राशी वितरण गर्ने क्रम जारि छ भने आज लाब्दा मङपु समष्टिका २० परिवारलाई पनि क्षेत्रीय सभासद रतन थापाको बाहुलीबाट एक जनालाई ८० हजार

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.