GTA chief Bimal Gurung announced that the Gorkhaland Territorial Administration (GTA) Darjeeling has decided to send Relief Materials for Nepal Earthquake victims on 2nd may. GTA team of nine members will leave for Nepal tomorrow with 7 trucks of Relief Materials.
Chief Bimal Gurung in his Facebook Page writes:
नेपालका भुकम्प पीढितहरूको निम्ति गोरखाल्याण्ड क्षेत्रीय प्रशासनले पनि आफ्नो तर्फबाट सहयोगको हात बडाउँदै राहत सामग्री पठाउने निर्णय लिएको छ। यसको निम्ति जीटीएका मुख्य कार्यपाल विमल गुरूङद्वारा माननीय केन्द्रिय गृहमन्त्री राजनाथ सिहंजीलाई गत 30 अप्रेलको दिन नै पत्राचार पनि गरिसकिएको छ।
जीटीएका नौं सदस्यीय टोली भोलि 2 मई 2015 को दिन नै दार्जीलिङबाट सात ट्रक राहत सामग्रीहरू लिएर काठमाडौंतर्फ प्रस्थान गर्नेछन्। उक्त राहत सामग्री हालमा काठमाडौंमा नै रही पीढितहरूको सेवामा जुटिरहेका पतन्जलि योगपीठका प्रमुख एवं योगगुरू बाबा रामदेवजीको तर्फबाट वितरण गर्ने जीटीएले निधो लिएको छ। भुकम्पको प्रारम्भिक कालदेखि नै स्वामी रामदेवजी महाराज आफ्नो स्वयंसेवीहरूसहित काठमाडौंमा पीढितहरूको सहयोगमा निस्वार्थरुपले जुटिरहेका छन्। यसैले स्वामी रामदेवजी महाराजको तर्फबाट राहत-सामग्री वितरण गर्ने निर्णय गरेका हौं।
विशेषरूपले नेपालका वासिन्दाहरूले हालमा झेल्नु परिरहेको प्राकृतिक आपदालाई लिएर हामी पनि शोक-सन्तप्त छौं। भौगोलिक सीमारेखा अनि राष्ट्रियताको आधारमा अलग रहेतापनि हामीबीच रगतको साइँनो रहिआएको छ। लामो समयावधिदेखि एक असल छिमेकी अनि घनिष्ट आफन्तको रूपमा प्रगाढ सम्बन्ध स्थापना गरी हामी प्रत्येक दुःख-सुखमा नङ अनि मासु जतिकै मिलेर बसेका छौं। यसैले नेपालले रोइरहेको विपदको आसुँले हामी पनि भिजेका छौं, हामी पनि आहत बनेका छौं। यो दुःखद घडीमा एक असल छिमेकी अनि एक घनिष्ट आफन्तको कर्तव्यलाई वहन गर्दै सम्पूर्ण दार्जीलिङवासीको पक्षमा भुकम्प पीढितहरूलाई सहयोगको हात बडाउन गइरहेका छौं।
राहत सामग्री लिएर काठमाडौं प्रस्थान गर्ने जीटीएका नौं सदस्यीय प्रतिनिधि टोलीमा जीटीएका सभासदगण क्रमैले श्री विनय तामाङ, श्री अनित कुमार थापा, श्री पेम्बा छिरीङ ओला, श्री प्रकाश गुरूङ, श्री तिलक चन्द रोका, श्री सुनील चन्द्र प्रधान, श्री विक्रम राई( मीडिया एक्जीक्युटिभ), श्री दावा छिरीङ भोटिया (डाक्टर, इडेन अस्पताल) अनि श्री भाष्कर छेत्री (मीडिया) रहेका छन्। उक्त प्रतिनिधि टोलीले राहत सामग्री काठमाडौमा लगी स्वामी रामदेवजी महाराजलाई हस्तान्तरण गर्नेछन् साथै भुकम्प पीढितहरूको वर्तमान स्थितिको पनि निरीक्षण गर्नेछन्।
जीटीएको तर्फबाट काठमाडौं पठाइने राहत- सामग्रीको विवरण निम्नलिखित छन् –
1. मिनरल वाटर 200 कार्टुन (प्रति कार्टुन 12 बोतल)
2. सेरेल्याक 30 कार्टुन (प्रति कार्टुन 24 प्याकेट)
3. ल्याक्टोजिन-1, 15 कार्टुन (प्रति कार्टुन 24 प्याकेट)
4. ल्याक्टोजिन-2, 15 कार्टुन (प्रति कार्टुन 24 प्याकेट)
5. बिस्कुट 200 कार्टुन (प्रति कार्टुन 30 प्याकेट)
6. मोमबत्ती 20 कार्टुन (प्रति कार्टुन 100 प्याकेट)
7. माचिस 20 कार्टुन (प्रति कार्टुन 60 प्याकेट)
8. न्यूट्रेला 100 कार्टुन (प्रति कार्टुन 24 प्याकेट)
9. नूडल्स 100 प्याकेट
10. तार्पोलिन 2000 प्रति
11. टर्च-लाइट 1000 प्रति
12. औषधि 1 ट्रक-(.I.v fluids,gloves, iv antibiotics,ORS, gloves, Cotton, armsling,antisepticsolution,ointment,antibiotic n pain tablets, dressing gauze n plasters,mask, band aid, crepe bandages, tt injections.)
13. सेनेट्री प्याड 2000 प्याकेट
14. थर्मोमिटर 500 वटा।
उक्त राहत- सामग्रीहरू जीटीएले आफ्नै कोषबाट जुटाएका हुन् भने यसपछि पनि अब चाडै जीटीएक्षेत्रका सहयोग इच्छुक मानिसहरूबाट पनि राहत- सामग्री अनि आर्थिक सहयोग सकंलन गरी पुनः भुकम्प पीढितहरूकहाँ पठाइनेछ। यसको निम्ति जीटीएका विभिन्न क्षेत्रहरूमा सहयोग अनि जनसचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने जीटीएको योजना रहेको छ।
यस कठिन घडीमा जीटीए भुकम्प पीढितहरूको पक्षमा उभिएको छ भने आगामी दिनहरूमा पनि भुकम्प पीढितहरूलाई सक्दो सहयोग जुटाइरहने हामीले सकंल्प लिएका छौं।

Post a Comment
We love to hear from you! What's on your mind?