Mungpoo celebrates 2559th Buddha Jayanti: यस बर्ष
पूर्णिमा दुई दिन रहेको ज्योतिष शास्त्रीहरुले बताएता पनि
मङपु क्षेत्रको सार्वजनिक
बौद्ध गुम्बाहरुमा सोमबारको
दिन नै भब्य रुपमा बुद्द पुर्णिमा
पालन गरियो | यसै अवसरमा यहाको
दोङाग छोईलिंङ सार्बजनिक बौद्द
गुम्बा लाब्दामा चार दिन देखि
पुजा चलिरहेको छ | १ मई देखि गुम्बाका धर्मगुरु
उदय पाख्रीनको अगुवाईमा विधिवत
रुपमा दोमाङ पाठ शुरु गरियो
भने २ मईको दिन देखि डालछ्योक
पुजा अनि मध्यान्हपछि भुकम्पमा
ज्यान गुमाउने सम्पूर्ण दिवंगत
आत्मा शान्तीको निम्ति १०८
दीप प्रज्वलन गरि म्हानीम्होलम
(प्राथना) गरियो | यसरी ३ मईको
दिन विश्व शान्तीको निम्ति
होमको कार्यक्रम गरियो भने
सोमबारको दिन गान्तोक देवराली
गुम्बाबाट पाल्नु हुने धर्मगुरु
टुल्कु जिग्मी तेंज़िंङ छोकी
ग्याम छोकको बाहुलीबाट छेवाङ
अभिषेक बितवरण गरियो | २५५९वा
बुद्द जयन्तीको अवसरमा सोमबारको
दिन बौद्ध धर्मलम्बीहरुले
शिरमा पुस्तक बोकेर लाब्दा
गुम्बा देखि नालीडाड़ा हुदै
नगर परिकक्रमा गरे | स्थानीय नगारिकहरुले
पनि बौद्ध धर्म ग्रन्थ पुस्तकलाई
आ - आफ्नो शिरले धोग दिदै दर्शन
गरे | बुद्द जयन्तीको अवसरमा
भक्तजनहरुले धर्मगुरुहरुबाट
अभिषेक ग्रहण गर्दै आशिर्वाद
थाप्न भीड़ भएको देखियो | यस्तै
गरि कपिसडाड़ा रम्बी बिभाग स्थीत
झोकछेन कोंनछयोग च्यिदुई सार्बजनिक
बौद्द गुम्बामा पनि २२ अप्रेल
देखि ३० अप्रेल सम्म धर्मगुरुहरुद्वारा
क्याग्युर पाठ १ मईको दिन पुजा
अर्चना एवं बौद्धधर्मगुरुद्वारा
प्रवचन सुनाईयो | यस्तै गरि ३
मईको दिन धोङसे रिम्पोछे द्वारा
हवन पुजा अनि धार्मिक प्रवचन
प्रस्तुत गरियो | आज सोमबारको
दिन बौद्धगयाबाट प्राप्त क्यांग्ययुर
तेङग्युरको नगर परिक्रमा गरियो
भने धोङ से रिम्पोछेद्वारा
झोकछेन कोंनछयोग च्यिदुई सार्बजनिक
बौद्द गुम्बामा भक्तजनहरुलाई
अभिषेक बितवरण गर्दै आशिर्वाद
प्रदान गरियो | यस्तै गरि दया
र करुणाको प्रतिमुर्ति अमिताभ
बुद्दको २५५९ वा जन्म जयन्ती
यहाँको मङपु विभागीय सार्बजनिक
बौद्द गुम्बामा पनि भब्य रुपमा
पालन गरियो |
Post a Comment
We love to hear from you! What's on your mind?