मङपु एकता फाउन्डेसन (Mungpoo Ekta Foundation) कल्याण संस्थानद्वरा कुकुर बिरालो माथि टिकाकरण एवं बन्ध्याकरण शिबिर स्थानीय मङपु चौरस्तामा सम्पन्न भयो | मङपु च्यानल अनि सिन्कोना बगान व्यवस्थापक एन० के० बाराईलीको सयोजनमा बन्जारा कुकुर बिरालोहरुको टिकाकरण अनि बन्ध्य्याकरण शिबिर राखिएको थियो जसमा २ अगष्ट अनि २३ अगष्ट २०१५ दुई दिन गरेर ८० वटा कुकर अनि २५ वटा बिरालोको सर्जरी अनि एआरभी गरियो | दार्जीलिंङ गुडविल एनिमल शेल्टरका प्रमुख डक्टर समिर छेत्री अनि उनको सहयोगीवर्गको अथक सयोगको कारण उक्त पशु चिकित्सा शिबिर सफलतापुर्बक साथ सम्पन्न भयो | मान्छे हेर्ने र पशु हेर्ने डाक्टरहरुको बीच खजानाले बर्गीकरणको रेखा कोरेको छ भने त्यो बर्गीकरणको रेखालाई डा० समिर छेत्री अनि उनको साथीहरुको समाजप्रतिको जिम्मेवारी र सदभावनाले मेटाइदिएको छ भनि एकता फाउन्डेसन कल्याण संस्थानका मूल सचिव सुबास राईले जनाए | पशुहरु माथि एआरभी अनि एबीसी गर्दा कुकुर या बिरालो हैजा देखि सुरक्षित रहन्छ | जब स्थानीय पशुहरु सुरक्षित हुन्छन उनीहरुलाई निर्दयतापूर्वक मर्न पर्दैन | बाचेका बयस्क पशुहरुले बाहिरका पशुहरुलाई आफ्नो परिधिभित्र प्रवेश गर्न दिदैन जसको कारण क्षेत्रमा पशुहरुको संख्या बढ्न पाउने छैन | मादक पशुहरुको बन्ध्याकरणद्वरा पशुहरुको स्थानीय गणना नियन्त्रण भित्र रहनेछ | दुवै प्रक्रियाद्वरा स्थानीय स्तरमा पाल्तु अनि बन्जारा पशुहरुको गणनामा नियन्त्रण हुनेछ | कुकुर अनि बिरालो मानिस जातिको अभिन्न र सस्तो सेवकहरु भएको कारण यसलाई देखरेख गर्न अनिवार्य रहेको कुरो शिबिरमा एकता फाउन्डेसन कल्याण संस्थानका सचिव सुबास राईले जनाउदै यस पशु चिकित्सा शिबिर सफलतापूर्वक सम्पन्न गरिदिए वापत दार्जीलिंङ गुडविल एनिमल शेल्टरका प्रमुख डक्टर समिर छेत्री अनि उनको सहयोगीदललाई संस्थानले आभार व्यक्त गरे |
Post a Comment
We love to hear from you! What's on your mind?