यसवर्ष साहित्य अकादमी पुरस्कार नेपाली भाषा साहित्यका कुनै पनि कृतिहरूले नपाउने

कालेबुङ, २१ दिसम्बर|प्रजाशक्ति संवाददाता: सन् १९७५ देखि साहित्य अकादेमी दिल्लीले निरन्तर दिँदै आइरहेको साहित्य अकादमी पुरस्कार यसवर्ष नेपाली भाषा साहित्यका कुनै पनि कृतिहरूले नपाउने भएपछि नेपाली भाषा साहित्यप्रेमीहरू निराश र दुखी बनेका छन्| यति मात्र होइन यसवर्ष अकादमी पुरस्कार पाउने योग्यको कुनै कृति प्रकाशित भएनन् भनेर अचम्भित पनि बनेका छन्| नेपाली साहित्यमा वर्षेनी अनेकौं कृतिहरू प्रकाशित हुँदै आइरहेका छन्| चर्चित लेखक साहित्यकाहरूले देखि लिएर नवोदित लेखकहरूका कृतिहरू प्रकाशित भइरहेको समयमा अकादमी पुरस्कार पाउने योग्यको कृति चयन समितिको हातमा नपर्नु अचम्भ नै मान्नुपर्ने भएको छ| साहित्य अकादमी एउटा विशिष्ठ साहित्यिक पुरस्कार हो| साहित्य अकादमी दिल्लीले मायता दिएकाभाषाहरूमा लेखिएका कृतिहरूलाई यो पुर्कार दिने गरिन्छ| नेपाली साहित्यमा सन् १९७५ मा इन्द्रबहादुर राईले प्रथम नेपाली साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए, त्यसपछि पुरस्कार निरन्तररुपले प्रदान गर्दै आइरहेको थियो| तर यसवर्ष नेपाली साहित्यका कुनै पनि कृतिहरू पुरस्कार योग्यको नहुनुमा के कारण हुनसक्छ भन्ने कुरा सार्वजनिक भएको छैन| यसवर्ष उत्क पुरस्कार नेपाली साहित्यका कुनै पनि कृतिले नपाउने घोषणा भएपछि अनेकौं प्रश्‍नहरू खडा गरेको छ| साहित्य अकादमी पुरस्कार उत्कृष्ट कृतिलाई दिने गरिन्छ| नेपाली साहित्यमा यस्ता उत्कृष्ट कृतिहरू कति छन् भन्ने कुरामा साहित्य अकादमी पुरस्कार नपाउने घोषणाले प्रश्‍न चिन्ह खडा गरिदिएको छ| कुनै पनि कृतिको स्तरीयता जॉंच्ने मापदण्डले कृतिलाई चयनकर्ताहरूले अध्ययन गर्छन्| समालोचकहरू पनि कृतिको समालोचना गर्दा त्यही स्तरीयता जॉंच्ने मापदण्डमा जॉंचेर आलोचना गर्छन् तर यता साहित्य अकादमी पुरस्कार प्रदान गर्नको निम्ति चयन समितिले पठाएका कृतिहरूलाई ज्युरीले कुन मापदण्डमा जोखेर हेर्ने गर्छन्, त्यो कसैलाई थाहा भएको छैन| कुनै पनि पुरस्कार प्राप्त गर्ने कृतिले सम्पूर्ण नियमहरू पूर्ण गरेकै हुनपर्छ, जुन नियमहरू चयन समितिलाई राम्ररी थाहा भएकै हुन्छ| साहित्य अकादमी पुरस्कार प्राप्त नेपाली साहत्यका कृतिहरूले विगतका दिनहरूमा कतिपय नियम उलङ्घ गरेर विवाद भएको इतिहास छ| तर यसपल्ट भने उक्त पुरस्कार पाउने योग्यका कृतिहरू चयन समितिको हातमा नपर्नु वा ज्युरीले योग्यको कृति नपाउनु खुबै रहस्यको विषय बनेको छ| यस सम्बन्धमा नेपाली साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजक जीवन नाम्दुङसंग टेलिफोनिक कुराकानी गर्दा ज्युरीमा प्रो. महेन्द्र पी. लामा, डा. राजेन्द्र भण्डारी अनि प्रो.घनश्याम नेपाल रहको जानकारी दिँदै दुइजना ज्युरी सदस्यहरू क्रमैले प्रो. नेपाल अनि डा. भण्डारीले साहित्य अकादमी पुरस्कार पाउने योग्यको कृति नरहेको घोषणा गरेर यसवर्षको पुरस्कार खोसिएको बताए| तिनले भने, यो घटना दुःखको घटना हो| भविषयमा यस्तो घटना नहुने अपेक्षा गर्दछौं| यसले अन्य भाषी साहित्यको सामु नेपाली भाषा साहित्य हॉंसोको पात्र बनेको छ| तिनले ज्युरी सदस्य प्रो.महेन्द्र पी लामाले चयन समितिले पठाएका आठवटा कृतिहरू मध्ये चारवटा कृतिलाई पुरस्कारको निम्ति छनौट गरेको तर यसमा अन्य दुइ ज्युरी सदस्यहरूले खारेज गरेर कुनै पनि कृति योग्यको नरहेको जानकारी गराए| यस सम्बन्धमा उनीहरूलाई आफ्नो निर्णय परिवर्तन गर्ने आग्रह गर्दा समेत कृतिहरू विलो स्टान्डर्डको रहेको बताउँदै पुरस्कार योग्यको नरहेको मत जाहेर गरेर अन्य बाषा साहित्यको सामु लाजमर्दो निर्णय लिएको आरोप लगाए| उनीहरूलाई पुरस्कार नदिनुको कारण सोद्धा कुनै कारण बताउन नसकेको जानकारी गराउँदै बॉंदरले आफ्नो घर पनि बनाउँदैन अरुको बनाउन पनि दिँदैन भन्ने उखानलाई चरिथार्थ गरेको बताए| पुरस्कार नदिने निर्णय ज्युरीका दुइ सदस्यहरूले आफूलाई लिखित दिएको जसलाई आगामी दिनमा सार्वजनिक गर्ने तिनले बताए| तिनले अरुलाई होंचो नदेखाइ आफू अग्लो हुन सक्दैैनौ भन्ने प्रश्‍न गर्दै दुइ सदस्यहरूको कस्तो विद्वता हो भन्ने प्रश्‍न उठाएका छन्| उनीहरूले आजसम्म पुरस्कार पाउन नसकेकोले अरुलाई पनि पुरस्कारबाट बञ्चित गराएको पनि तिनले आरोप लगाएका छन्|
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.