बितेका आठ वर्षसम्म पहाडको
जातीय सम्बन्धमा उत्थान, पहिचान
एवम राजनैतिक सुरक्षा साथै
माटोको निम्ति तयार भएको राजनैतिक
पार्टी जीएनएलएफ लाई मास्नु
पहाडमा गोजमुमोले धेरै कोशिश
गर्यो | “ गोर्खाल्याण्ड “ शब्दलाई
लिएर जनतालाई असम्य्ज्समा
पार्दै जनतालाई दिनसम्म दुख
दियो | राज्य सरकार, केन्द्र
सरकारले दिन चाहेको छैटौं अनुसूचीलाई
रोक्न गोजमुमोले असंवैधानिक
जीटीएलाई थापेको छ जसले गोर्खा
जातीले चाहेको वास्तविक सुरक्षा
पाउँदैन |
आज पहाडमा थुप्रै जिल्ला बनाउने
विषयमा चर्चा आउंदैछ | कालेबुंग,
मिरिक अन्य क्षेत्रलाई जिल्ला
बनाउनलाई छैटौं अनुसूचिको
मागबाट पूर्ण हुनेछ | राज्य
सरकारले “ बिकाश बोर्ड “ हरु
बनाएर गोर्खा जातीलाई चोक्टा
– लाम्टा बनाइरहेको छ | यसैले
अन्य “ विकास बोर्ड “ गठन को
जीएनएलएफ पार्टी मंग्पूले
विरोध जनाउँदछ | यसर्थ पहाडमा
राज्य सरकारले जबरजस्ती थोपेको
जीटीए गोर्खा जातीले स्वीकार
गर्दैन | जीटीए असंवैधानिक
भएकोले झट्टै खारेज गर्नुपर्छ
| पहाडको गोर्खा जातीले यस क्षेत्रको
राजनैतिक व्यवस्था बद्लाउनु
पर्ने विषयमा सोंचिसकेको छ
|
हरियो झण्डाको रुखलाई हाँगा
–विगा , पात काटेर सकियो भनेर
नसंझिन्दा हुन्छ जराहरु धेरै
छ यसैले फेरि हरियो भएर पलाईसकेको
छ | जीटीए र गोजमुमोको ढाँटने
राजनीति जनताको अघि छर्लंगै
भयो | तीन जना विधायकहरुले विधानसभामा
“ गोर्खाल्याण्ड “ को बील राखेर
मात्रै राजिनामा दिनु पर्थ्यो
| जीएनएलएफ मंग्पू सभापति श्री
कैलाश पाख्रिनको उपस्थितिमा
प्रचार प्रसार सचिव बेनु बोम्जनको
यो बक्तव्य प्रेसित गरिएको
छ ||

Post a Comment
We love to hear from you! What's on your mind?