प बंगाल शिक्षा विभाग द्वारा सरस्वती विधालयलाई १० वटा कम्प्युटर अनि प्रोजेक्टर प्रदान

west bengal education department donates computer to saraswati higher secondary school
मङपु २० सेप्टेम्बर, हालैमा प.बंगाल शिक्षा विभागले  बिधार्थीवर्गलाई कम्प्युटरको शिक्षा क्षेत्रमा अग्रसर गराउन विभिन्न बिधालयका विधार्थीवर्गलाई  कम्प्युटर तालिम दिने अनि विधालयमा कम्प्युटर प्रदान गरिरहेका छन | राज्य सरकारको शिक्षा विभागले आई.एल.एण्ड.एफ.सी कम्पनी मार्फत राज्यको १७ जिल्लमा उक्त कम्प्युटर प्रशिक्षण  प्रदान गरिसकेका  छन भने दार्जीलिङ जिल्लाको ५० वटा विध्लायमा पनि  उक्त योजना शुरु भएको छ | यसरी गत शुक्रबारको दिन मङपु सरस्वती उच्चत्तर माध्यमिक विधालयमा पनि आई.एल.एण्ड.एफ.सी कम्पनीका जिल्ला सयोजक सन्देश राईको विशेष उपस्थितिमा १० वटा कम्प्युटर अनि १ प्रोजेक्टर प्रदान गरियो भने उक्त कम्प्युटर सेन्टरको उद्घाटन सरस्वती विधालयको प्राध्यापिका देविका मोक्तानको बाहुलीबाट गरियो | सो  कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन समारोहमा बिधालयका शिक्षक शिक्षिकागण लगायत आमन्त्रित अथितिवर्ग अनि विधार्थीहरु उपस्थित थिए | यसै बिधालयमा अध्ययनरत पाचौ श्रेणी देखि दशौं श्रेणीसम्मका विधार्थीगणलाइ विधालयका सहशिक्षक पवन थापाले कम्प्युटर प्रशिक्षण दिने जानकारी प्राप्त भएको छ |

मङपु २० सेप्टेम्बर, हालैमा प.बंगाल शिक्षा विभागले बिधार्थीवर्गलाई कम्प्युटरको शिक्षा क्षेत्रमा अग्रसर गराउन विभिन्न बिधालयका विधार्थीवर्गलाई कम्प्युटर तालिम दिने अनि विधालयमा कम्प्युटर प्रदान गरिरहेका छन

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.