मङपूको लाब्दा बस्ती स्थित बाग बजारमा भूपाल राईको सभापतित्वमा त्रिनामूल कांग्रेसको सभा समपन्न भएको छ | सभालाई सम्बोधन गर्दै टीएमसी युनियन सचिव किरण ब्लोनले वर्तमान राजनैतिक परिवेश माथि बोल्दै लाब्दा बस्तीलाई अहिलेसम्म कुनै पनि राजनैतिक दलहरुले न्याय दिलाउन नसकेको कुरा बताएका छन् | यसरी नै दार्जीलिंग जिल्ला कमिटि सदश्य मिरेन लामाले पनि आफ्नो समभाषणको क्रममा मोर्चा माथि बर्सिन्दै मोर्चाले गोर्खाल्याण्ड समबन्धि मोदी सरकार समक्ष कमिटि बनाइ माग्ने प्रस्ताव अझै कति वर्षसम्म राख्ने र आश्वासन मात्र लिएर दिल्लीबाट अझै कति पल्ट पहाड फर्किने ? भन्दै कडा प्रश्न गरेका छन् | पहाडले गोर्खाल्याण्डको निम्ति भरोसा गर्दै भारी मतले जिताएर पठाएको दार्जीलिंग सांसद एस०एस० अह्लुवालियाले गोर्खाल्याण्डको बिल किन संसदमा राख्नु सक्दैन? यसको जवाब मोर्चाले पहाडबासीलाई दिनुपर्ने उनले बताएका छन् |
त्रिनामूल कांग्रेसको यही सभा अवधि लाब्दा बस्तीबाट जम्मा ३० घर मोर्चा समर्थकहरुले गोर्खा जनमुक्ति मोर्चा छोडेर त्रिनामूल कांग्रेसको झण्डा समाएको समाचार छ | आज टीएमसीमा सामेल हुन आउने सबै समर्थकहरुलाई उपस्थित टीएमसी नेतृत्वले झण्डा दिंदै पार्टीमा न्यानो स्वागत जनाएको छ |
सभामा दार्जीलिंग जिल्ला कमिटि सदश्य मिरेन लामा, टीएमसी युनियन सचिव किरण ब्लोन, ब्लक कमिटि सचिव पवन बल, समष्टि सभापति के एस छेत्री साथै टीएमसी युथ सचिव सरद थापा, लाब्दा युनियन सचिव सुजित राई, मंग्पू जीपी युथ सचिव अल्फा थापा आदिको उपस्थिति रहेको जानकारी टीएमसी ब्लक कमिटि सचिव पवन बलले एक विज्ञप्ति मार्फत जनाएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?