बढ्दो बेरोजगारीसित प्रतिस्पर्दा गर्दै गाउँ बस्तीमा आफै आफ स्वनिर्भर बन्नु पर्छ भन्ने मन्त्र लिएर बनिएको स्वनिर्भर दलहरुले ठाउँ ठाउँमा धेरै नै प्रगति गरिरहेको हामी पाउँछौ साथ साथै यसले समाजमा धेरै नै सुधार ल्याउँदै परिवारमा आय श्रोतको अर्को बाटो खोलेको पनि स्वीकार्न सकिन्छ भने मङपूको रेसेप ग्राम पंचायत अन्तर्गत काब्यान्जली रेसेप क्ल्स्टर मार्फत तीनवटा स्वनिर्भर दलका ३० जना सदस्याहरुलाई बिगत नोभेम्बर २६ तारिखदेखि प्यारासुटको डोरीद्वारा झोला, एप्पल ट्री बथु लगाएर बनाउने प्रशिक्षण सुनिता लकान्द्रीले शुरु गरेका छन् | उक्त तालिमको शुरुवात रेसेप पंचायत कर्मी सुजित थापा अनि खण्ड बिकाश कार्यलयबाट आएका डब्ल्युडीओ रन्जना सुब्बाको बाहुलीबाट गरिएको थियो | यो तालिम आगमी दिनांक १६ दिसम्बरको दिन अन्त हुने भएको छ भने तालिम लिने सबै प्रशिक्षनार्थीहरुलाई डब्ल्युडीओ द्वारा प्रमाण पत्र पनि दिइने भएको छ | यो तालिम कार्यक्रमको बारेमा ग्राम पंचायत अन्तर्गत सीएसपी अनु परियार अनि सविना राईले जानकारी दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?