दार्जीलिङ पहाडको गाउँ गाउँको जनता पहाडमा राजनैतिक परिवर्तनको लागि तृणमूल कंग्रेस पार्टीमा सामेल हुने लहर नै चलिरहेकोछ । यसै क्रममा सिटोङ ३ ग्राम पन्चायतको लोवर लंकु बस्तीबाट ४० परिवार तृणमूल कंग्रेस पार्टीमा सामेल भएको छ । लोवर लंकु बस्तीको सामुदायिक भवनमा पिबी राईको सभापतित्वमा सम्पन्न भएको सभामा खरसाङ ब्लक तृणमूल कंग्रेस उप सभापति पेम्बा छिरिङ डुक्पा, रोलक शाखा सभापति एनके गिरी, अप्पर लंकु शाखा सचिवले पनि उपस्थित जनसमुहलाई सम्बोधन गरेका थिए । पार्टी परिवर्तनको उक्त सभामा दार्जीलिङ जिल्ला (हिल) तृणमूल महिला कंग्रेसकी सभानेत्री शारदा राई सुब्बा विशेष रुपमा उपस्थित थिइन र उनैको हातबाट सबैले तृणमूल कंग्रेसको झण्डा ग्रहण गरे । पासाङ सादाले संचालन गरेको त्यही सभामा सर्व सम्मतिद्वारा शरद राईलाई तृणमूल कंग्रेस लोवर लंकु शाखा कमिटीको सभापति, ध्रुवदेव कुमार थापालाई कार्यकारी सभापति, लाशिमित राईलाई सचिव अनि पासाङमित लेप्चालाई सह सचिव चयन गरियो | हरेक क्षेत्रमा पछाडिएको लोवर लंकुबासीले आउने दिनमा आफ्नो गाउँले पाउने सरकारी साहुलियतहरु पाउनै पर्ने व्यक्ति सम्म पुगोस र गाउँको सोझो जनता नेताहरुको हेपाई र लुटाईमा डराएर बस्नु पर्ने दिनहरुको अन्त होस भन्ने विचार सम्पूर्ण गाउँवासीले राखेको कुरा विज्ञप्ति मार्फत पुरन लेप्चाले जनाएका छन्।
Post a Comment
We love to hear from you! What's on your mind?